‘हामी नेपाल प्रहरी’ गीत छोटो समयमै चर्चामा
सारांश
- काठमाडौँ, माघ २२ ।
- राप्तीका मेलोडी किङ्ग सन्तोष रजौरेको संगीत अनि भुपेन्द्र बुढाथोकीको शब्द रहेको गीत हामी नेपाल प्रहरी गीत एक साता अघि बजारमा आएको छ ।
- जसमा राजेश पायल राईले स्वर दिएका छन् ।
काठमाडौँ, माघ २२ । राप्तीका मेलोडी किङ्ग सन्तोष रजौरेको संगीत अनि भुपेन्द्र बुढाथोकीको शब्द रहेको गीत हामी नेपाल प्रहरी गीत एक साता अघि बजारमा आएको छ । जसमा राजेश पायल राईले स्वर दिएका छन् । हामी नेपाल प्रहरी वास्तवमै मेलोडियस र राष्ट्रिय भाव बोकेको गीत हो ।
यस गीतले छोटो समयमै चर्चा कमाई रहेको छ । यस गीतको म्युजिक भिडियो एक साता मै १ लाख भन्दा बढी दर्शक श्रोताले हेरिसकेका छन् । अझ सोही गीतको चर्चा चुलिने क्रम जारी छ ।
रमेश बिके रसाईलीको निर्देशन रहेको यस गीतमा शम्भु चालिसेको छायांकन, रनि बिकको सम्पादन रहेको छ भने भुपेन्द्र बुढाथोकी लगायत अन्यको अभिनय रहेको छ । यस गीतलाई शिब फोर एस मिडियाले बजार ब्यवस्थापन गरेको छ ।
भिडियो हेर्न तल क्लिक गर्नुहोला ।
प्रतिक्रिया
कुल कमेन्ट:
1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
Prabina Ghale
सम्मान त गर्नै पर्छ सही प्रहरीलाई तर सही बोलोस