‘महफिल’ जमाउन नमान्दा ११ वटा गोली हानी गायिकाको हत्या

Shikharkhabar Shikharkhabar
|
बुधबार, माघ २४, २०७४
|
|
२५ पटक हेरिएको
Shares
‘महफिल’ जमाउन नमान्दा  ११ वटा गोली हानी गायिकाको हत्या

सारांश

  • एजेन्सी, माघ २४ ।
  • कथित सम्भ्रान्त वर्गका व्यक्तिहरूको ‘अफर’ अस्वीकार गर्दा एक पाकिस्तानी मोडल एवम् सिङ्गरले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमै जीवनबाट हात धुनुपरेको छ ।
  • २५ वर्षीया कलाकार सम्बल खानको लोकप्रियता दिनानुदिन बढिरहेको थियो ।

एजेन्सी, माघ २४ । कथित सम्भ्रान्त वर्गका व्यक्तिहरूको ‘अफर’ अस्वीकार गर्दा एक पाकिस्तानी मोडल एवम् सिङ्गरले खाउँखाउँ र लाउँलाउँ भन्ने उमेरमै जीवनबाट हात धुनुपरेको छ ।

२५ वर्षीया कलाकार सम्बल खानको लोकप्रियता दिनानुदिन बढिरहेको थियो । तर, आफ्नो लोकप्रियतालाई कमाउने माध्यम बनाउनुहुँदैन भन्नेमा उनी सचेत मात्र नभई अडान पनि राख्दै आएकी थिइन् । यही अडान नै सम्बलका लागि भारी हुन पुग्यो ।

पाकिस्तानका केही धनाढ्यहरूले उनलाई मागेअनुसार रकम दिने भन्दै एक निजी कार्यक्रममा गाउन अफर गरेका थिए । तर, त्यसप्रकारको निजी महफिलमा गाउनु आफ्नो नैतिकताभन्दा बाहिरको काम भन्दै सम्बलले अस्वीकार गरिन् ।

यसबाट कथित सम्भ्रान्त व्यक्तिहरूले आफ्नो अहम्मा ठेस पुगेको अनुभव गरे र भाडाका अपराधी प्रयोग गरेर हालै सम्बलको हत्या गराए । पाकिस्तान एक्सप्रेस ट्रिब्युनले जनाएअनुसार रिसले चूर बनेका धनाढ्यहरूले पठाएका तीन हत्याराले सम्बलको घरमै घुसेर उनको छाती ताकेर ११ वटा गोली लागेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?