जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै

Shikharkhabar Shikharkhabar
|
बिहिबार, माघ २५, २०७४
|
|
२३ पटक हेरिएको
Shares
जलजलाको मृगौला उपचार खर्च जुटाउन लाइभ म्यूजिक गरिँदै

सारांश

  • भरतपुर, माघ २५ ।
  • भरतपुरमा गायिका जलजला परियारको उपचार सहयोगार्थ ‘लाइभ म्युजिक फर जलजला’ कार्यक्रम गरिने भएको छ ।
  • उनको दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारत छिन् ।

भरतपुर, माघ २५ । भरतपुरमा गायिका जलजला परियारको उपचार सहयोगार्थ ‘लाइभ म्युजिक फर जलजला’ कार्यक्रम गरिने भएको छ । उनको दुवै मृगौलाले काम गर्न छाडेपछि काठमाडौंस्थित टिचिङ अस्पतालमा उपचारत छिन् । जलजला नेपाल तारा सिजन–३ मा प्रतिस्पर्धी थिइन् ।

उनले बाटो मुनिको फुल–२ चलचित्रमा केहि कदम बोलको गीत, एकोहोरो प्रेम एल्बममा समावेश ढुङगाको मन बोलको गीत चर्चामा छन् । उनी विभिन्न रियालीटि सोमा दर्शकको रोजाईमा पर्दै आएकी थिइन् । उनी सबैको मन छुने गीत गाउने सपना पुरा गर्न दिनरात संगीत साधनामा जुटेकी थिइन् ।

भरतपुरस्थित क्यान्सर अस्पतालको अडेटेरियन हलमा यहि २७ गते शनिबार विशेष सांगीतिक कार्यक्रम हुन लागेको हो । सो कार्यक्रममार्फत संकलित रकम जलजलाको उपचारमा सहयोग गर्ने लक्ष्य लिइएको छ ।

बेटर चितवन, लियो क्लब अफ नारायणगढ चित्रवन, मिस एसईई स्टार चितवन समूहले संयुक्त रुपमा कार्यक्रम आयोजना गरेका हुन् । इन्स्पायर एजुकेसन कन्सल्टेन्सीले कार्यक्रमको मुख्य प्रायोजन गरेको छ ।

लाइभ म्यूजिक कार्यक्रममा राष्ट्रिय तथा स्थानीय एक दर्जन बढी कलाकारले आ–आफ्नो विशेष प्रस्तुती दिनेछन् । एञ्जिला रेग्मी, सुजता पाण्डे, अप्सरा अली, विद्या तिवारी, भुुवन प्यासी, रोन्जाइ, महेन्द्र बराललगायतका गायक गायिकासहित एनएमजी ब्याण्डलगायतले प्रस्तुती राख्ने कार्यक्रम संयोजक निकेश बरालले जानकारी दिए ।

दिउँसो ३ बजेदेखि कार्यक्रम सुरु हुनेछ । २ सय, ५ सय र १ हजार रुपैयाँ बराबरका टिकटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
ओली र प्रचण्डसँग छलफल गर्दिन्- प्रधानमन्त्री देउवा
खोला थुनेर ताल बनाइने
खोला थुनेर ताल बनाइने
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
युक्रेनी विमान क्षेप्यास्त्र प्रहारबाट खसेको क्यानडाका प्रधानमन्त्रीको विश्वास
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय
सत्ता गठबन्धनद्वारा ४ वैशाखभित्र उम्मेदवार टुंगो लगाइसक्नुपर्ने निर्णय
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
वुद्ध जयन्तीमा कुश्मामा वृक्षारोपण, १०८ पिपलको विरुवाको ॐ आकारमा पार्क तयार गरिने
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
गुल्मी-२ बाट गोकर्ण विष्ट विजयी, रामकुमारी झाँक्री पराजित
सुत्केरीको मृत्यु
सुत्केरीको मृत्यु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
आगामी आमनिर्वाचन प्रयोजनका लागि आजदेखि राजनीतिक दल दर्ता सुरु
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
कोरियामा कोरोनाको कहर : ‘पर्ख र हेर’को रणनीतिमा सरकार
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार
राजनीतिक मुद्दा फिर्ता लिनसक्ने प्रस्तावबाट पछि हट्यो सरकार

तपाईंले छुटाउनुभयो कि?