कविता : सबैको शहर बूढानीलकण्ठ नगर, उत्कृष्ट बनाउने हाम्रो रहर

Shikharkhabar Shikharkhabar
|
आइतबार, बैशाख १७, २०७४
|
|
८८१ पटक हेरिएको
Shares
कविता : सबैको शहर बूढानीलकण्ठ नगर,  उत्कृष्ट बनाउने हाम्रो रहर

सारांश

  • विशाल एउटै कालो पत्थर निर्मित जगकै उच्च कलात्मक मुर्तिमा अलौकिक शिवपुरी श्रृखंलाको वक्षस्थल मुन्तिर धर्तीकै अमुल्य सम्पदा हो बूढानीलकण्ठ मन्दिर ।
  • उत्तर तर्फ रसिला हरियाली मनमोहक सुन्दर शीर र शान ठान्दछ, राजधानी महानगर नयाँ नेपालको योजनासँगै, ६ गाउँहरु बन्दैछन् शहर अनुपम निधि निरकण्ठको नामले चम्कनेछ बूढानीलकण्ठ नगर ।

विशाल एउटै कालो पत्थर निर्मित
जगकै उच्च कलात्मक मुर्तिमा अलौकिक
शिवपुरी श्रृखंलाको वक्षस्थल मुन्तिर
धर्तीकै अमुल्य सम्पदा हो बूढानीलकण्ठ मन्दिर ।।

उत्तर तर्फ रसिला हरियाली मनमोहक सुन्दर
शीर र शान ठान्दछ, राजधानी महानगर
नयाँ नेपालको योजनासँगै, ६ गाउँहरु बन्दैछन् शहर
अनुपम निधि निरकण्ठको नामले चम्कनेछ बूढानीलकण्ठ नगर ।।

शीरमा शिवपुरी जटाजलसरी, जलको मुहान पोखरी
दायाँतर्फ बगेकी छन् विष्णुमती, वायाँ वरिपरी रुद्रमती
दायाँ तर्फ बसेकी छन् चण्डेश्वरी, वायाँ रुद्र भगवती
शिरमा वाग्द्धार वागमती, शैव कृष्ण पञ्चकन्या त कतिकति।।

बहुजनका नजरमा ठोकिन्छ अग्लो तारेभिर
पर्यटक र पाहुनाको भिड बढ्दैछ, अग्ला हरियाली डाँडातिर
उत्तर तर्फ शिवपुरी निकुञ्जको हरीयाली, जैविक विविधता
राजधानी महानगर जोडिएको, निकुञ्ज विशालता।।

पूर्व तर्फ गोकर्णेश्वर यज्ञडोल, एतिहासिक टोखा पश्चिम
शिर पृष्ठमा गजव ऊ नुवाकोट दक्षिण विशाल महानगर
शिवपुरी पर्वत श्रृखंला पाशुपत क्षेत्र, कान्तिपुर नगर
विष्णुमती, रुद्रमती यज्ञमती अनेक नदि वेष्ठित, बूढानीलकण्ठ नगर।।

खड्का, चपली, चुनिखेल, भद्रकाली, महाँकाल
यज्ञडोल, कपन, वौद्ध गुम्वा, चर्चित, बूढानीलकण्ठ मन्दिर
प्रशिद्धका छ गाउँ एकै भए अब छैन फरक
शान्त: सुन्दर: समृद्ध बन्ने प्रण गर्दछ बूढानीलकण्ठ नगर।।

दायाँ काँध जुरोसरी उच्च निकुञ्जको विचमा डाँडा गाँउ
विष्णु पादुका, नागीगुम्बा तारेभिर, कौडोल यज्ञडोल शहिदपार्क हुँदै कपन गुम्बा जाउँ
यी हुन नगरका उच्च शिर हरियाली बैभव, पर्यटनको योजना बनाऔं
मौलिक शैली संस्कृती नगरको, पहिचान बढाउने, सुन्दर पर्यटकीय नगर बनाऔं।।

नगरका छ गाउँ जोड्ने फराकिलो चक्रपथको योजना बनाऔं
कपन चुनिखेल, चपली विष्णुमती गोल्फुटार हँदै पुन: कपन पुर्यायौं
उत्तरबाट कल कल बगी नगर सिंचन गर्ने नदी खोला किनारको, स्वच्छता र सुन्दरता बचाऔं
बाँकी रहेका रुखका पोथ्रा विरुवा हुर्काउने योजना बनाऔं।।

हटाई फोहोर, स्वच्छ निर्मल बनाऔँ, हाम्रा नदी नालाहरु
रोपौँ रुख बनाऔँ हरियाली, हाम्रा खाली भिर पाखाहरू
दुरुपयोग र अत्तिक्रमण रोकौं, बचाऔँ खाली जग्गाहरू
संरक्षण गर्ने प्रण गरौं, पुर्खाले छोडेका सम्पदाहरु।।

पर्यटन, योजनाबद्ध पुर्वाधार विकास, सफा अनि फराकिला सडक
हरियाली सफा सुन्दर व्यवस्थित नगर, अनि प्रचार प्रसार
आजैका मितिबाट अभियान शुरु गरौँ, कस्तो बनाउने नगर?
छानौँ योजना नीति र नेतृत्व, सम्बृद्ध बूढानीलकण्ठ नगर।।

– उद्धव खरेल

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा
२ नम्बर प्रदेशमा चार शक्तिबिच तिव्र प्रतिस्पर्धा
संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास
संक्रमणकालीन न्यायको विषयमा सहमति जुटाउने प्रयास
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
निर्वाचन आयोगले भन्यो,‘६७ प्रतिशत मत खस्यो, सबैभन्दा धेरै गुल्मीमा ७१ प्रतिशत मत खस्यो
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
प्रशिक्षक सर एलेक्स फर्गुसन पुनः म्यानचेस्टर फर्किने चर्चा
कसरी अघि बढ्लान् दाहाल–ओली
कसरी अघि बढ्लान् दाहाल–ओली
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
प्रधानमन्त्री ओलीलाई गगन थापाको चेतावनी : ‘सरकार ५० वर्ष चलाउनुस् तर सरकारले सत्ता नचलाओस्’
मोतिबिन्दुको निःशुल्क शल्यक्रिया
मोतिबिन्दुको निःशुल्क शल्यक्रिया
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
ढुंगा प्रहारबाट काँग्रेस नेता एनपी साउद घाइते
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
उपराष्ट्रपतिलाई टाउकोमा ताकेर गोली हान्न लाग्दा बन्दुक जाम भएपछि..
दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)
दुई वर्षैदेखि अभिनयमा स्मृति, पाँचौ अभिनयमा आयो तीज गीत (भिडियोसहित)

तपाईंले छुटाउनुभयो कि?