प्रचण्डको विचार र प्रवृत्ति नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउँछन् : दीपेश पुन
सारांश
- काठमाडौं, २६ माघ ।
- अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेश पुनले अध्यक्ष प्रचण्डको विचार र प्रवृत्तिलाई नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउने बताएका छन् ।
- एक व्यक्ति मात्र नभई प्रचण्ड नाम एउटा विचार, आन्दोलन र प्रवृत्ति भएकोले प्रचण्ड जे सोंच्छन् र जे गर्छन् त्यही नै नेपालको पछिल्लो राजनीतिको मुख्य एजेण्डा बन्दै आएकोले वाम एकता पनि प्रचण्डका विचार र प्रवृत्तिका कारण सम्भव हुने पुनले ठोकुवा गरेका छन् ।
काठमाडौं, २६ माघ । अखिल (क्रान्तिकारी)का केन्द्रीय उपाध्यक्ष दीपेश पुनले अध्यक्ष प्रचण्डको विचार र प्रवृत्तिलाई नबुझ्ने पार्टीभित्र वा बाहिरकाले दुःख पाउने बताएका छन् । एक व्यक्ति मात्र नभई प्रचण्ड नाम एउटा विचार, आन्दोलन र प्रवृत्ति भएकोले प्रचण्ड जे सोंच्छन् र जे गर्छन् त्यही नै नेपालको पछिल्लो राजनीतिको मुख्य एजेण्डा बन्दै आएकोले वाम एकता पनि प्रचण्डका विचार र प्रवृत्तिका कारण सम्भव हुने पुनले ठोकुवा गरेका छन् ।
उनले पछिल्लो चरणमा एमालेका केही नेताहरुले प्रचण्डलाई पार्टी एकतापछि एकीकृत अध्यक्ष स्वीकार्न सकिँदैन भन्ने अभिव्यक्तिप्रति संकेत गर्दै भने, “प्रचण्डलाई नबुझ्नेहरु हिजो पार्टीभित्रका हुन् या बाहिरका धेरैले दुःख पाए । अब पनि प्रचण्डलाई बुझ्न र चिन्न नसक्नेहरुले धेरै दुःख पाउने छन् ।”
देशको पछिल्लो राजनीतिक अवस्थाबारे चर्चा गर्दै पुनले भने, “देशमा बनेको संविधान सातौं हो भन्दै गणतन्त्र प्राप्तिपछि देशमा व्यवस्था फेरिए पनि जनताको अवस्था फेरिनुपर्छ । र, त्यसको लागि बलियो राष्ट्रिय एकता, स्थिर सरकार, तीव्र आर्थिक विकास र सुशासन देशले खोजेको छ । त्यसैको लागि वाम एकता हुन लागेको हो र त्यो हुन्छ ।”
अखिल (क्रान्तिकारी) नेशनल इन्जिनियरिङ कलेजको आठौंं सम्मेलनको उदघाटन गर्दै पुनले भने, “हाम्रै संगठनको पहल र दवावले संविधानमा शिक्षा, स्वास्थ्य र रोजगारलाई मौलिक हक भनेर लेखाउन सफल भयौं तर त्यसलाई कार्यान्वयन गर्न अब फेरि संघर्ष गर्नुपर्छ ।” राजनीतिक क्षेत्रमा परिवर्तन आए पनि शिक्षा क्षेत्रमा परिवर्तन अझै नआएको भन्दै अब संविधानतः मौलिक हकका रुपमा स्थापित शिक्षा क्षेत्रमा पनि संविधान कार्यान्वयन हुनुपर्ने बताए । यसका लागि सबै युवा विद्यार्थीहरु जागरुक र सचेत हुनुपर्ने उनको भनाइ छ ।
Pritha Bahadur Gaha
Good
རཇུ ཏཔང
खुल्लित्ता ।
Bk Karki
हिजोका जिरेहरु पनि अब बिश्व बुझ्ने भै सकेछन हे उत्पात नि
Manoj Kafle
???
S-peed Dhakal
Lau vate
Atankakari le dukha dine ho ni