नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १६, २०७७
|
|
२७ पटक हेरिएको
Shares
नेपालमा थप २ जनामा कोरोना संक्रमणको पुष्टि

सारांश

  • काठमाडौँ ।
  • नेपालमा थप दुई जनामा कोरोना (कोभिड १९) संक्रमणको पुष्टि भएको छ।
  • रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

काठमाडौँ । नेपालमा थप दुई जनामा कोरोना (कोभिड १९) संक्रमणको पुष्टि भएको छ।

रौतहटको वृन्दावन नगरपालिका–९ भुसहा र देवाही गोनाही नगरपालिका–१ का पुरुषमा कोरोना संक्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय रौतहटले जनाएको छ।

उनीहरु दुवै जना लकडाउन सुरु भएसँगै नेपाल प्रवेश गरेका थिए। दुवैको स्वाबको नमूना परीक्षणका लागि प्रादेशिक अस्पताल जनकपुर पठाइएको थियो।

त्यहाँ नतिजा नेगेटभ देखाइए पनि आशंका लागेर पुनः परीक्षणका लागि काठमाडमौँ स्थित राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाईएका उनीहरुको काेराेना रिपाेर्ट पाजेटिभ आएको हो ।

यो सँगै नेपालमा कोरोना संक्रमिको संख्या ५४ पुगेको छ । जसमध्ये १६ जना संक्रमित उपचार पछि घर फर्किसकेका छन् । अन्य संक्रमितको नेपालका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?