सडक–नालामा खसेर बालिकाको मृत्यु भएको भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन
सारांश
- श्रावण २, २०७४ राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाण्डौंको सामाखुशीस्थित सडक–नालामा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको तथा १३ वर्षीया एक बालिका घाइते भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
- घटना सम्बन्धमा आफूहरुले समेत निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले १० दिनभित्र सत्यतथ्य जानकारी गराउन गृहमन्त्रालयलाई पत्राचार गरेको हो ।
- विकास निर्माणसँग सम्बन्धित निकायहरुवीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, प्रभावकारी अनुगमनको अभाव लगायतका कारणले सर्वसाधारणको दैनिकीमा प्रभाव परेको तथा ज्यानै जोखिममा परेको भन्दै यस्ता किसिमका घटनाहरु भविष्यमा दोहोरिन नदिने तर्फ तत्काल आवश्यक उपायहरु अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
श्रावण २, २०७४ राष्ट्रिय मानव अधिकार आयोगले गत असार ३० गते काठमाण्डौंको सामाखुशीस्थित सडक–नालामा खसेर १० वर्षीया एक बालिकाको मृत्यु भएको तथा १३ वर्षीया एक बालिका घाइते भएको घटनाको अनुसन्धान गरी १० दिनभित्र जानकारी गराउन गृह मन्त्रालयलाई निर्देशन दिएको छ ।
घटना सम्बन्धमा आफूहरुले समेत निरन्तर अनुगमन गरिरहेको भन्दै आयोगले १० दिनभित्र सत्यतथ्य जानकारी गराउन गृहमन्त्रालयलाई पत्राचार गरेको हो । विकास निर्माणसँग सम्बन्धित निकायहरुवीच समन्वयको अभाव, आर्थिक वर्षको अन्त्यमा अत्यधिक बजेट खर्च गर्ने प्रवृत्ति, प्रभावकारी अनुगमनको अभाव लगायतका कारणले सर्वसाधारणको दैनिकीमा प्रभाव परेको तथा ज्यानै जोखिममा परेको भन्दै यस्ता किसिमका घटनाहरु भविष्यमा दोहोरिन नदिने तर्फ तत्काल आवश्यक उपायहरु अवलम्बन गर्न आयोगले सरकारको ध्यानाकर्षण गराएको छ ।
प्रतिक्रिया