आर्यघाटमा समेत चल्छ कमिसनको चलखेल

Shikharkhabar Shikharkhabar
|
शनिबार, माघ २७, २०७४
|
|
४३ पटक हेरिएको
Shares

सारांश

  • काठमाडौं, २७ माघ – पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ।
  •  दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ।
  • कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ।

काठमाडौं, २७ माघ – पशुपति आर्यघाटमा दाहसंस्कार गर्दा चाहिने सामाग्री पशुपति क्षेत्र विकास कोषले तोकेको पसलमा किन्नुपर्ने बाध्यता छ। दाहसंस्कार गर्दा बाँस, फूलमाला, दाउरा, कात्रो, पीताम्बरलगायत सामाग्री चाहिन्छ। कोषका कर्मचारीले यी सामाग्री बेच्ने पसलबाट कमिसन लिने गरेको स्रोतको दाबी छ।

शोकमा परेका आफन्तलाई कोषका कर्मचारीले दाहसंस्कार सामाग्री फलानो पसलबाट किन्नुस् भन्दै तोकिदिने गरेका छन् । शोकमा परेका बेला कसैले केही नबोल्ने हुँदा त्यसको फाइदा लिन कर्मचारीको मिलेमतोमा यसो गरिएको हो।

पसल तोकिदिएबापत कोषका कर्मचारीले बिक्री भएको सामानको मूल्यअनुसार कमिसन लिने गरेका छन्। माघ १९ गते कुपण्डोलका विष्णु खड्कालाई दाहसंस्कारका लागि आर्यघाट पुर्याइयो । दाहसंस्कारका लागि शुरुमा कोषको कार्यालयका वातावरणीय शुल्क तथा जलाउनेको ज्यालासहित २८ सय रुपियाँ तिरेर नाम दर्ता आफन्तले गरे ।

दर्तापछि कोषका कर्मचारी शम्भु पौडेलले भने, यो चिट लिएर सामान किन्न पारिको पसलमा जानुस् । मृतकका आफन्त सामग्री किन्न ब्रह्मनालपारिको घाट पसलमा पुगे । आजको नागरिक दैनिकमा खिलक बुढाथोकीले खबर लेखेका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Arjun Budhathoki

    चलेको चलन राज्यले अख्तियारिदिएको काम

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
ओली गएको बेला भारतीय पत्रिकाले यस्तो लेखे …
रत्ननगरः तीन वडामा एमाले विजयी
रत्ननगरः तीन वडामा एमाले विजयी
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
नेकपा भित्र राष्ट्रपतिको बढ्दो सक्रियता, बैठकमै गरिन हस्तक्षेप
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी  सुचना ;
नेसनल प्याबसन प्रदेश न. ३ को जरूरी सुचना ;
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
सरकारले मुलुकमा सुशासन दिन सकेन : सिंह
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
अमेरिकी प्रविधि कम्पनी ‘भिल’ को नेपाल र भारतमा औपचारिक सेवा विस्तार: प्रविधिमार्फत नेपाली क्रिएटर र अन्तर्राष्ट्रिय ब्रान्डलाई जोड्दै रोजगारी सिर्जना गर्ने लक्ष्य
भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा
भोली उपनिर्वाचन, ५२ पदमा हुँदैछ प्रतिष्पर्धा
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
विश्वकप फुटबल प्रतियोगिता : रिचार्लिसनको उत्कृष्ट प्रदर्शनमा ब्राजिल विजयी
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
भारतः विश्वकप क्रिकेट यात्राबाट बाहिरिएपछि कोहलीले के भने
आजको विदेशी मुद्राको विनिमय दर
आजको विदेशी मुद्राको विनिमय दर