पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि दिने अफर : केपी ओली

Shikharkhabar Shikharkhabar
|
सोमबार, बैशाख १८, २०७४
|
|
६६२९ पटक हेरिएको
Shares
पार्टी फुटाउन करोडौंको खेल, उपप्रधानमन्त्री पनि  दिने अफर  :  केपी ओली

सारांश

  • काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।
  • पार्टी संसदीय दलको बैठकमा आइतबार उहाँले भन्नुभयो, ‘अहिले हामी देखिरहेका छौं ।
  • पार्टी छाड्नुस्फु-टाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेका नेता केपी शर्मा ओलीले संविधान संशोधन अनुमोदन गराउने नाममा सरकारले राज्यशक्तिको चरम दुरुपयोग गरेको आरोप लगाउनुभएको छ ।पार्टी संसदीय दलको बैठकमा आइतबार उहाँले भन्नुभयो, ‘अहिले हामी देखिरहेका छौं । पार्टी छाड्नुस्फु-टाउनुस् तपाईंलाई बन मन्त्री, तपाईंलाई सहरी मन्त्री, तपाईंलाई विकासमन्त्री, तपाईंलाई उपप्रधानमन्त्री दिन्छु, आउनुस् भनिराख्या छन् ।”पार्टी छाडे पनि केही हुँदैन ।

यति करोड दिन्छु भन्दै सरकार देश बनाउने, चुनाव गराउने संविधान कार्यान्वयन गराउने नभएर पार्टीहरू ध्वस्त पार्ने, भ्रष्टाचार गर्ने, अनैतिक काम गर्ने काम भइरहेको छ’, ओलीले भन्नुभयो ।ओलीले प्रश्न गर्नुभयो,’करोड-करोड दिन्छु भन्छ सरकार, कहाँबाट ल्यायो त्यो पैसा ? ‘पैसा दिएर अर्काे पार्टी फुटाउँछु भन्ने सरकारले यो गर्न पाउँछ कि पाउँदैन ? भन्ने प्रश्न उहाँले गर्दै भन्नुभयो, ‘राज्यले यस्तो गर्न पाउने कि नपाउने ? त्यसैले यो सरकार भ्रष्ट र अनैतिक हो।’

पराइको हितमा आफ्नो राष्ट्रिय हितलाई धोका दिने वर्तमान सरकार आज सांसदहरू खोज्न देशका विभिन्न भागमा लागिरहेको आरोप ओलीले लगाउनुभयो ।सरकारले यस्तो अनैतिक कार्यप्रति माफी माग्नुपर्ने उहाँले बताउनुभयो। मन्त्री दिन्छु पार्टी फुटा भन्ने ? सरकारले यस्तो अनैतिक काम गर्न पाउँछ भन्ने प्रश्न गर्दै ओलीले आवश्यक पर्दा आफूले प्रमाण पेस गर्ने दाबी पनि गर्नुभयो।

लोकतन्त्रको रक्षा एमालेकै काँधमा आइलागेको धारणा उहाँको थियो ।’कांग्रेस बेहाल भएकै कारण कुनै दलबीच परसम्म देख्नै सकिरहेको छैन । देख्न चाहिरहेकै छैन । ऊ संकीर्ण, क्षणिक, आवधिक, तात्कालिक स्वार्थमा यति धेरै लागेको छ । ऊ यति जेलिएको छ अलि परसम्म देख्नै सक्दैन’, उहाँले भन्नुभयो ।

माओवादी केन्द्रलाई लक्षित गर्दै उहाँले भन्नुभयो, ‘ऊ तत्कालीन लाभ के हुन्छ, क्षणिक हित के हुन्छ, त्यसैमा केन्द्रित हुन्छ । हामी सबैलाई थाहा छ, संशोधनको प्रस्ताव सत्ता पक्षले दर्ता गरेको छ । हिजो हामीले पनि त्यसमाथि संशोधनहरू हालेका छौं ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
राष्ट्रिय सभा निर्वाचन : १९ सिटका लागि भएको चुनावमा गठबन्धनका १८ उम्मेदवार विजयी
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
एनसेलको सेयर बिक्रीबारे तत्काल अध्ययन गर्न प्रधानमन्त्रीको निर्देशन
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा
एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल
एमाले निर्वाचन परिचालनको प्रवक्तामा रिमाल
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
प्रदेश नं. ५ मा रु २० अर्बभन्दा बढीको बजेट ल्याउँदै
अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना
अझै कार्यान्वयनमा आएन बाहिरी चक्रपथ आयोजना
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
हेलिकोप्टर दुर्घटनाप्रति प्रधानमन्त्रीद्वारा दुःख व्यक्त
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
प्रितम पछि सारेगमपमा आइतबार आयुषले धमाका मच्चाउँदै (भिडियो सहित)
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
गणतन्त्रको दृढतापूर्वक पक्षपोषण गर्नुपर्दछ: अध्यक्ष ओली
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?
बंगलादेशमा आरक्षण विरोधी जरा कति पुरानो छ ?

तपाईंले छुटाउनुभयो कि?