बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख ३१, २०७६
|
|
३३ पटक हेरिएको
Shares
बालुवाटार जग्गा अनुसन्धान ब्युरोका डीएसपी सरुवा

सारांश

  • काठमाडौं ३१ बैशाख ।
  • बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ ।
  • उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो ।

काठमाडौं ३१ बैशाख । बालुवाटारस्थित ललिता निवासको जग्गा कब्जाबारे छानबिनमा संलग्न केन्द्रीय अनुसन्धान ब्युरोका डीएसपी कविद कटुवालको सरुवा भएको छ । उनलाई रौतहटको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुर पठाइएको हो । त्यहाँ कार्यरत डीएसपी कुमुद ढुंगाना छानबिनका लागि काठमाडौं तानिएपछि खाली रहेको स्थानमा उनलाई पठाइएको हो ।

स्रोतका अनुसार अनुसन्धानमा संलग्न भएकाले तत्काल सरुवा नगर्न प्रहरी नेतृत्वलाई ब्युरो प्रमुख डीआइजी नीरज शाहीले अनौपचारिक अनुरोध गरेका थिए । ब्युरोका एसपी दीपक रेग्मीको नेतृत्वमा भइरहेको ललिता निवास जग्गा प्रकरणको अनुसन्धानमा कटुवाल मुख्य भूमिकामा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?