सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !

Shikharkhabar Shikharkhabar
|
मंगलबार, भाद्र १३, २०७४
|
|
३४ पटक हेरिएको
Shares
सम्पत्ति छानविन गर्न आयोगमा निवेदन ,कुलमान घिसिङलाई हटाइदै !

सारांश

  • दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् ।
  • गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो ।
  • लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलाशा भएको छ ।

दैनिक १२ घन्टाभन्दा बढी हुने गरेको लोडसेडिङ अन्त्य गरेर वाहवाही कमाएका नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई हटाउन उर्जामन्त्रीदेखि प्राधिकरणका उच्च कर्मचारी लागिपरेका छन् । गत बर्षको भदौ २९ गते चार बर्षका लागि नियुक्त घिसिङलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको बैशाखी टेकेर हटाउन लागिएको हो ।

लोडसेडिङ सधैंका लागि अन्त्य गरी ‘उज्यालो नेपाल’ बनाउने अभियानमा लागेका घिसिङ र उनका सहयोगीको सम्पत्ति छानविन गर्न आयोगमा निवेदन दिएको खुलाशा भएको छ ।

घिसिङ, राजिब शर्मा, प्रवल अधिकारीलगायत प्राधिकरणका उच्च तहका ६ जना कर्मचारीविरुद्ध निवेदन दिइएको अख्तियार स्रोतको भनाइ छ ।  प्राधिकरणका ती अधिकारी आयोगले थमाएको व्यक्तिगत विवरण फाराम(१३ पाने) भर्न तल्लीन छन् । घिसिङलाई हटाउने अन्य उपाय नभएपछि उर्जामन्त्री महेन्द्रबहादुर शाहीले अख्तियार गुहारेका हुन् ।

उर्जामन्त्री शाहीले प्राधिकरणका उच्च कर्मचारी सम्पत्ति विवरण भर्न तल्लीन रहेकाले काममा प्रभाव परेको बताउँदै आएका छन् ।

‘सम्पत्ति विवरण भर्नुपर्ने कारणले प्राधिकरणका केही कर्मचारी विदामा छन्,’ उनले भने, ‘यसले काममा असर पारेको छ ।’-नागरिक दैनिकबाट

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
पर्साः सरकारले दिएकाे अनुदानको मलमा कालोबजारी !
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
फाल्गुनन्द जयन्तीमा सार्वजनिक बिदा दिन माग
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
२१औँ शताब्दीमा कम्युनिष्ट आन्दोलन हाँक्न सकिँदैन: मुख्यमन्त्री गुरुङ
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
बिमस्टेक शिखर सम्मेलनको तयारी पूरा, बुलेट प्रुफ गाडी कै लागि २ करोड निकासा
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
यसरी भयो ‘सवारी’मा यात्रुको विद्रोह (भिडियो सहित) “राष्ट्रपति हामीले बनाएका हौं”
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते
सर्लाहीमा बस दुर्घटना हुँदा दुईजनाको मृत्यु, २३ जना घाइते
एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा
एकैघरका पत्रकार दाजुभाइ चुनावी मैदानमा
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
वाम गठबन्धनले जितेपछि अनिष्ट हुने भ्रम गलत : उपाध्यक्ष रावल
धादिङको पछीलो मत परिणाम !
धादिङको पछीलो मत परिणाम !
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल
मानवअधिकारको संरक्षणले मात्रै शासन प्रणाली बलियो हुन्छ : राष्ट्रपति पौडेल

तपाईंले छुटाउनुभयो कि?