शुक्रबारको स्टोरीले प्रियंका–आयुष्मानको इन्गेजमेन्टमा धक्का !
सारांश
- सार्वजनिक भएकै कुरा हो– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ अहिले गहिरो प्रेममा छन् ।
- आफ्नो प्रेम सम्बन्धबारे उनीहरु मिडियामा खुलेर प्रस्तुत भइरहेका छन् ।
- प्राप्त खबर अनुसार बिहिबार प्रकाशित हुने ट्याब्लेट पत्रिका शुक्रबार साप्ताहिकमा अघिल्लो हप्ता उनीहरुबारे प्रकाशित कभरस्टोरीका कारण प्रियंका–आयुष्मानको इन्गेजमेन्ट नै सरेको छ ।
सार्वजनिक भएकै कुरा हो– अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान देशराज श्रेष्ठ अहिले गहिरो प्रेममा छन् । आफ्नो प्रेम सम्बन्धबारे उनीहरु मिडियामा खुलेर प्रस्तुत भइरहेका छन् । प्राप्त खबर अनुसार बिहिबार प्रकाशित हुने ट्याब्लेट पत्रिका शुक्रबार साप्ताहिकमा अघिल्लो हप्ता उनीहरुबारे प्रकाशित कभरस्टोरीका कारण प्रियंका–आयुष्मानको इन्गेजमेन्ट नै सरेको छ ।
अघिल्लो साता शुक्रबारमा पत्रकार अनिल यादवले ‘हिजोकी ‘दिदी’ आजकी प्रेमिका’ शिर्षकमा उनीहरुको प्रेम कहानीका विभिन्न आयाम केलाएर कभरस्टोरी लेखेका थिए । केही समयअघि सामाजिक संजाल र मिडियामा भाइरल भएको प्रियंका र उनको हुनेवाला सासु बैंकर्स रविनादेशराज श्रेष्ठको टुपिसमा खिचेको तस्बिर पनि स्टोरीमा छापिदिएपछि दुवैको परिवार रिसले आगो भएको र तत्कालका लागि इन्गेजमेन्टको मिति घोषणा नगर्न प्रियंका र आयुष्मानलाई दबाब दिएको स्रोतलाई उद्धत गर्दै अर्को ट्याब्लेट पत्रिका सम्पुर्ण साप्ताहिकले आज गसिप छापेको छ ।
अघिल्लो साता अधिकांश ट्याब्लेट पत्रिका (साप्ताहिक, शुक्रबार, सम्पुर्ण) मा प्रियंका र आयुष्मान फिचरिङ भएका थिए । स्रोतका अनुसार दुवैले कुनै पनि पत्रिकालाई जानकारी नदिई सबैसँग कुराकानी र फोटोसुट गरे । परिस्थिती यस्तो देखियो कि बजारमा प्रियंका र आयुष्मानमात्रै प्रेम जोडी हुन् । तर शुक्रबारमा प्रकाशित स्टोरीले भने प्रियंका–आयुष्मान र उनको परिवार उल्टै रिसायो रे । त्यसैले त होला– पत्रिकामा छापिएको फोटोकै कारण इन्जेगजमेन्ट सार्नु परेको !
प्रतिक्रिया