आज दशौं अन्तर्राष्ट्रिय योग दिवस

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
२३ पटक हेरिएको
Shares
आज दशौं अन्तर्राष्ट्रिय योग दिवस

सारांश

  • काठमाडौं।
  • ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ।
  • अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।

काठमाडौं। ‘आफू र समाजका लागि योग’ भन्ने नाराका साथ दशौं अन्तर्राष्ट्रिय योग दिवस नेपालमा पनि आज विभिन्न कार्यक्रमको आयोजना गरी मनाइँदै छ। अन्तर्राष्ट्रिय योग दिवस हरेक वर्ष जुन २१ तारिखका दिन विभिन्न जनचेतनामूलक कार्यक्रम आयोजना गरी मनाइन्छ।

संयुक्त राष्ट्र संघको महासभाले सन् २०१४ मा गरेको निर्णयअनुसार सन् २०१५ जुन २१ देखि अन्तर्राष्ट्रिय योग दिवस मनाउन थालिएको हो। भारतीय प्रधानमन्त्री नरेन्द्रदामोदरदास मोदीले संयुक्त राष्ट्र संघको ६९औं महासभामा योग सबैका लागि सधैंका लागि आवश्यक भएकाले अन्तर्राष्ट्रिय योग दिवसको घोषणा गर्न प्रस्ताव गरेका थिए।

सो प्रस्तावमा नेपालका तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले पहिलो समर्थन गरेपछि युरोपियन युनियनलगायत संयुक्त राष्ट्र संघका स्थायी सदस्य राष्ट्रले समर्थन गरेका थिए। संघले घोषणा गरेका दिवसमध्ये ९० दिनमा १७७ देशले समर्थन गर्ने कीर्तिमान योग दिवसले कायम गरेको छ। सन् २०१६ देखि २१ जुनमा अन्तर्राष्ट्रिय योग दिवस विश्वभर मनाइएको थियो।

योग एउटा समग्र अभ्यास हो जसमा शारीरिक आसन, प्राणायाम (श्वास अभ्यास), ध्यान र नैतिक सिद्धान्त (यम र नियम) समावेश रहेको हुन्छ।

यो मन, शरीर र आत्माबीच तादम्यता एवं सद्भावको भावलाई विकसित एवं त्वरित गर्ने प्रतीक पनि हो। यसले हामीलाई वर्तमानमा केन्द्रित हुँदै तनाव एवं नकारात्मकताबाट बच्न सिकाउँदछ। साथै हामीलाई आफ्नो जीवनमा शान्ति र सद्भाव खोज्नमा सघाउँदछ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?