एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?

Shikharkhabar Shikharkhabar
|
मंगलबार, बैशाख १९, २०७४
|
|
२४७२ पटक हेरिएको
Shares
एमालेका तर्फबाट काठमाडौँको मेयरमा प्रस्तुत विद्यासुन्दर को–हुन् ?

सारांश

  • काठमाडौ, बैशाख १९– नेकपा (एमालें)का तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यले उम्मेदवार बनाएको छ ।
  • राप्रपासँग तालमेल गरेको एमालेले काठमाडौ महानगरको मेयरको उम्मेदवार मनोनयन दर्ताको अन्तिम समयमा टुङगो लगाएको हो ।
  • त्यस्तै एमाले राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाबाट राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले बताए ।

काठमाडौ, बैशाख १९– नेकपा (एमालें)का तर्फबाट काठमाडौँ महानगरपालिकाको मेयरमा विद्यासुन्दर शाक्यले उम्मेदवार बनाएको छ । राप्रपासँग तालमेल गरेको एमालेले काठमाडौ महानगरको मेयरको उम्मेदवार मनोनयन दर्ताको अन्तिम समयमा टुङगो लगाएको हो । त्यस्तै एमाले राप्रपा तालमेलबाट उपमेयरमा राप्रपाबाट राजाराम श्रेष्ठलाई उम्मेदवार बनाएको राप्रपाका प्रवक्ता राजाराम श्रेष्ठले बताए । श्रेष्ठ पुर्व मेयर पनि हुन् ।
को हुन शाक्य ?
मेयरका उम्मेदवार शाक्य भने लगनटोलमा जन्मिएका हुन् । विं.सं. २०२० जेठ ९ गते जन्मिएका शाक्यले त्रिपुरेश्वरको विश्वनिकेतन माध्यामिक विद्यालयबाट विद्यालय तहको अध्ययन पूरा गरेका हुन् । शंकरदेव क्याम्पसबाट व्यवस्थापनमा स्नातकसम्मको अध्ययन पूरा गरेका शाक्य विद्यालय तहदेखि नै राजनीतिमा सम्लग्न रहेका थिए ।
काठमाडौँको नेवारी समूदायमा जन्मि–हुर्किएका शाक्य ०३७ सालको जनमत संग्रहका बेला भर्खर १६ वर्षका थिए । तर, १६ वर्षको कलिलो जवानीमा पनि उनको राजनीतिक चेतना भने निकै उर्भर बनेको थियो । उनले त्यसैबेलादेखि नै आफ्नो सम्पूर्ण ध्यये राजनीतिमा लगाएका थिए ।
०४६ सालको प्रजातन्त्रप्राप्तिको आन्दोलनमा त उनले अझ सक्रिय भूमिका खेलेका थिए । त्यो आन्दोलनका क्रममा निर्भीकता पूर्वक अग्रमोर्चामा रहेकै कारण पटक–पटक प्रहरीको निशानामा परेका शाक्य आफ्नो विचारबाट तिलको दाना जति पनि दायाँ–बायाँ भएनन् ।
प्रजातन्त्रप्राप्तिपछि स्थापना भएको नेकपा (एमाले) को तत्कालिन युवा संगठन प्रजातान्त्रिक राष्ट्रिय युवा संगठनको काठमाडौँको संस्थापक कोषाध्यक्षको जिम्मेवारी सम्हालेका शाक्यले त्यसैबेला पनि आफ्नो जिम्मेवारीलाई कुशल ढंगले पूरा गरेका थिए । उनले कोषाध्यक्षको जिम्मेवारी सम्हाल्दा गरेको कामको मूल्याङ्कन गर्दै पार्टीले ०४९ सालमा भएको स्थानीय निकाय निर्वाचनमा उनलाई काठमाडौँ वडा नम्बर २१ को अध्यक्षका रुपमा अघि सार्यो ।
कुशल संगठनका रुपमा आफुलाई उभयाउन सफल शाक्यलाई त्यसबेला निर्वाचन जित्न कुनै समस्या भएन । उनका प्रतिस्पर्धीहरु फिका भए । उनले शानदारका साथ आफ्नो वडाबाट सूर्य अंकित झण्डालाई फहर्याउन सफल भए ।
पहिलो पटक जनप्रतिनिधिका रुपमा निर्वाचति शाक्यले आफ्नो पहिलो कार्यकालमा उक्त वडामा उदाहरणीय काम गरे । एमाले मात्र होइन अन्य राजनीतिक दलका लागि पनि ‘आँखाको रातीगेडी’ जस्तै बनेका शाक्यसँग उक्त वडामा प्रतिस्पर्धा गर्नेहरुको कध होचो भएको प्रमाणित उनले ०५४ सालमा भएको स्थानीय निर्वाचनमा प्रमाणित नै गरेर देखाए ।
उनको पहिलो कार्यकालको मूल्याङ्कन गर्दै दोस्रो कार्यकालमा पनि काठमाडौँ वडा २१ का मतदाताले उनलाई नै अध्यक्षमा विजयी बनाएर पठाए । त्यसपछि त अझ उनले आफ्नो सम्पूर्ण समय नै राजनीतिमा समर्पित गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
कोरोनाविरुद्धको खोप सन् २०२१ को शुरुमा आउँछः चिनियाँ कम्पनी
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस  भिडियो)
सुटिंग स्थलबाटै बाहिरियो नायिका बर्षा राउत र बर्षा सिवाकोटीको झगडाको भिडियो (हेर्नुहोस भिडियो)
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
महालक्ष्मी विकास बैंकको विशेष खाता, उच्च ब्याजदर, मासिक ब्याज भुक्तानी
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
यस्तो आयो पाँच नम्बर प्रदेशको चालु आर्थिक वर्षको नीति कार्यक्रम (पूर्णपाठसहित)
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
सोह्र वर्षीया चिनियाँ युवतीले गरिन् सगरमाथाको सफल आरोहण
प्रहरीद्वारा तेह्र जिहादी मारिए
प्रहरीद्वारा तेह्र जिहादी मारिए
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
‘राष्ट्रिय सहिद’ मुकेश को हुन् ?
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
अफगानिस्तानमा बम विस्फोटमा आठजना मारिए बिस्त्रित जानकारी…..
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
टर्कीमा भूकम्पमा परी जन्मिएकी छोरीलाई धर्मपुत्री बनाउन हजारौंको भिड
गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह
गंगामायालाई बचाउन आयोगले गर्यो आग्रह

तपाईंले छुटाउनुभयो कि?