भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि….
सारांश
- काठमाडौँ, ७ फागुन ।
- भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि के हुन्छ ?
- यसको उदाहरण बनेका छन्, भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चूडामणि चापागाई ।
काठमाडौँ, ७ फागुन । भूमिसुधारका हाकिम भूँडीसुधारमा लागेपछि के हुन्छ ? यसको उदाहरण बनेका छन्, भूमिसुधार कार्यालय भक्तपुरका शाखा अधिकृत चूडामणि चापागाई ।
शाखा अधिकृत चापागाईंलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले ४ लाख घुससहित पक्राउ गरेको छ । आयोगका प्रवक्ता पदमप्रसाद पाण्डेयका अनुसार शाखा अधिकृत चापागाईंलाई आज शिखर खाजाघर कोटेश्वरबाट घुस रकमसहित पक्राउ गरिएको हो । एक सेवाग्राहीलाई जग्गा कारोबार मिलाइदिने भन्दै उनले घुस मागेको आयोगको दावी छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया