कस्तो बन्ला एकीकृत पार्टीको संगठन ?

Shikharkhabar Shikharkhabar
|
बुधबार, फाल्गुन ९, २०७४
|
|
२९ पटक हेरिएको
Shares
कस्तो बन्ला एकीकृत पार्टीको संगठन ?

सारांश

  • पार्टी एकतामा सहमत भएका एमाले-माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ?
  • दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ?
  • पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता-कार्यकर्तामा जिज्ञासा छ।

पार्टी एकतामा सहमत भएका एमाले-माओवादी केन्द्रको एकीकृत पार्टीको संगठनात्मक संरचना कस्तो बन्ला ? दुवै पार्टीका केन्द्रीय समितिलाई कसरी एउटै समितिमा परिणत गर्लान् ? पार्टी एकताको सहमतिपछि अहिले दुवै पार्टीभित्र नेता-कार्यकर्तामा जिज्ञासा छ।

दुई अध्यक्षात्मक प्रणालीमार्फत संयुक्त रूपमा प्रधानमन्त्री केपी ओली र पुष्पकमल दाहालले एकीकृत पार्टीको नेतृत्व गर्ने समझदारी बनाएका एमाले-माओवादी केन्द्रले पार्टीको अन्य संगठनात्मक ढाँचा सहितको अन्तरिम विधान बनाउन सोमबार नै कार्यदल गठन गरेका छन्। कार्यदलले दुवै पार्टीका संगठनात्मक संरचना विघटन गरी महाधिवेशनसम्मका लागि अन्तरिम संगठनात्मक प्रणालीमा पार्टी सञ्चालनको खाका बनाउने छ। कार्यदलमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुषाल, रघुविर महासेठ, रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जर्नादन शर्मा छन्।

यो कार्यदलले बुधबार काम थाल्ने तयारी गरेको कार्यदलका महासेठले बताए। ‘हामीलाई दुवै पार्टीको संगठनात्मक सेटिङ कसरी मिलाएर अन्तरिम कालको पार्टी संरचना बनाउने म्यान्डेट दिइएको छ’, उनले भने, ‘हामी अब बुधबार नै काम थाल्ने प्रयासमा छौं।’ कार्यदलको मुख्य चुनौति भनेकै एकीकृत पार्टीको माथिल्लो निकाय केन्द्रीय समिति कस्तो बनाउने र सदस्य संख्या निर्धारण हो। सामान्यतया दुई अध्यक्षबीच दुई अंकबाट नबढ्ने गरी सानो आकारको केन्द्रीय समिति बनाउने छलफल भए पनि निष्कर्ष पुगेको छैन।

एकता संयोजन समितिमा दुई अंकको केन्द्रीय समिति बनाउने वा एमालेको अहिलेको केन्द्रीय समिति यथावत राखी त्यो संख्याको ४० प्रतिशत माओवादीका केन्द्र्रीय नेता समेटेर बनाउने छलफल भएको थियो।

अन्तरिम संगठनात्मक प्रणालीमा पार्टी सञ्चालनको खाका बनाउने छ। कार्यदलमा ईश्वर पोखरेल, विष्णु पौडेल, गोकर्ण विष्ट, वेदुराम भुषाल, रघुविर महासेठ, रामबहादुर थापा, गिरिराजमणि पोखरेल, वर्षमान पुन, मातृका यादव र जर्नादन शर्मा छन्।

अब यी दुई विषयसहित अन्य उपयुक्त विधिको खोजी कार्यदलले गर्नेछ। दुई पार्टीबीच एकता भेला वा अधिवेशनसम्म दुवैतिरका पदाधिकारीमात्र रहने गरी सानो आकारको चुस्त संरचना बनाउने र भेलापछि अन्य संरचना निर्माण गरेर जाने विषयमा पनि दुई पार्टीमा छलफल भएको छ।

यी हुन् छलफलमा रहेका विकल्प

एमालेका तर्फका पदाधिकारी र माओवादी केन्द्रका पूर्वपदाधिकारी नेताहरू रहेको चुस्त र सानो आकारको कमिटिलाई नै अहिले पार्टीको माथिल्लो निकायको संरचना बनाउने कि भन्ने दुई पार्टीबीच छलफल चलेको छ।

त्यसो हुँदा एमालेका तर्फबाट अध्यक्ष ओली, वरिष्ठ नेता झलनाथ खनाल, माधव नेपाल सहितका पदाधिकारी र माओवादीका तर्फबाट अध्यक्ष दाहाल, नारायणकाजी श्रेष्ठ, रामबहादुर थापा, कृष्णबहादुर महरा, देव गुरुङ, गिरिराजमणि पोखरेल, वर्षमान पुन, टोपबहादुर रायमाझी र हरिबोल गजुरेलसम्म पर्नेछन्।

२) दुई अंकबाट नबढ्ने गरी ९९ सदस्यीय केन्द्र्रीय समिति, ३३ सदस्यीय पोलिटब्युरो र ११ सदस्यसम्मको स्थायी समिति बनाएर जाने विषय पनि विकल्पका रूपमा छलफलमा छ। यसो गर्दा कुन-कुन नेता समेटेर त्यस्तो कमिटि बनाउने दुवै पार्टी नेतृत्वलाई सकस छ।

३) एमालेका अहिलेको केन्द्रीय समिति २०६ सदस्यीय छ। उक्त समिति यथावत राखेर त्यसमा माओवादीका ४० प्रतिशत नेता समेटेर केन्द्रीय समिति बनाउने तेस्रो विकल्प पनि छलफलमा रहेको नेताहरूको भनाइ छ। त्यसो गर्दा माओवादीले भने आफ्ना तर्फबाट १५१ जना नेतालाई केन्द्रीय समितिमा लैजानुपर्ने प्रस्ताव गरिरहेको छ।अन्नपूर्ण पोस्ट बाट

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    Gobinda Prasad Chapagai

    Ok ok …kp oli

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?