युटुव ट्रेन्डिङ १०
सारांश
- हरेक हप्ताको शुक्रबार शिखरन्युजबाट सार्वजनिक हुने यस युटुव ट्रेन्डिङ १० मा नेपालमा यो हप्ता के के ट्रेन्डिङमा रहे भन्ने जानकारी दिइन्छ ।
- यस हप्ताका ट्रेन्डिङ १० निम्न अनुसार छन् ।
- १०.
हरेक हप्ताको शुक्रबार शिखरन्युजबाट सार्वजनिक हुने यस युटुव ट्रेन्डिङ १० मा नेपालमा यो हप्ता के के ट्रेन्डिङमा रहे भन्ने जानकारी दिइन्छ । यस हप्ताका ट्रेन्डिङ १० निम्न अनुसार छन् ।
१०. निष्ठुरी मोरि (गित)

यस हप्ता ट्रेन्डिङ नम्बर १० मा नितेश जंग कुँवरको निष्ठुरी मोरि बोलको आधुनिक गित रहेको छ । दुई हप्ता अघि उपलोड गरिएको गितलाई मानिसहरुले १५ लाख भन्दा बढी पटक हेरिसकेका छन ।
९. नो ब्रेनर(अंग्रेजी गित)

नम्बर नौ मा अमेरिकन गाएक जस्तिन बेइबरको नो ब्रएनर रहेको छ । उक्त गितलाई ६ दिनमा ३ करोड ७० लाख भन्दा बढी पटक हेरिसकिएको छ ।
८.नेपाली मोडर्न गर्ल(कमेडी भिडियो)

केहि दिन अघि ट्रेन्डिङ नम्बर १ मा रहेको नेपाली युटुवर पिस्थाको यो भिडियो नम्बर ८ मा झरेको छ । यो भिडियोलाई एक हप्तामा १२ लाख भन्दा बढिपटक हेरिएको छ ।
७. मेरी बास्सै(भाग-५६१)

मेरी बास्सैको ५६१ औँ भाग यो हप्ता सबै भन्दा बढी हेरिएको भिडियोको सुचिमा सात नम्बरमा परेको छ । मेरी बास्सै को यो भाग दुई दिनमा ७ लाख ६० हजार भन्दा बढिपटक हेरिएको छ । ६.
६. रुद्र(नेपाली फिल्म)

एक हप्तामा १९ लाख पटक हेरिएको यो फिल्म यो हप्ताको ट्रेन्डिङ ६ मा रहेएक छ । फिल्ममा निखिल उप्रेती सहित सारा, बिश्वको पनि भुमिका रहेको छ ।
५. जवान(दक्षिण भारतिय फिल्म)

नेपालमा रहेका दक्षिणी भारतिय फिल्मका दर्शकले जवान लाई ट्रेन्डिङ ५ मा पुर्याएका छन्। ६ दिनमा उक्त फिल्म १ करोड ९० लाख पटक हेरिएको छ ।
४. उडायो हावाले (नेपाली गित)

नेपाली फिल्म इन्टु मिन्टु लन्डनमा को गित उडायो हावाले यो हप्ता ट्रेन्डिङ नम्बर ४ मा परेको छ। यो गितलाई एक हप्तामा १४ लाख भन्दा बढी पटक हेरिएको छ ।
३. भागमथि (दक्षिण भारतिय फिल्म)

यस हप्ताको ट्रेन्डिङ नम्बर ३ मा दक्षिण भारतिय फिल्म भागमथि परेको छ । अनुश्का शेट्टि अभिनित यो चलचित्रलाई एकै दिनमा ४१ लाख पटक हेरिएको छ ।
२. हिमालय रोडिज (सिजन२ भाग १)

हिमालय रोडिजको दोस्रो सिजनको पहिलो भाग यो हप्ताको युटुव ट्रेन्डिङ नम्बर २ मा परेको छ । पहिलो सिजनको ब्यापक सफलता पछि धेरैलाई दोस्रो सिजनको पर्खाई रहेको थियो । पहिलो भाग नै यसरी मन पराईनुलाई निर्माण पक्षले ठुलो सफलता मानेको छ । यो भिडियो ३ दिनमा ३ लाख ५० हजार भन्दा बढी पटक हेरिएको छ ।
१. पहिलो नम्बरमा(नेपाली फिल्म गित)

छक्का पन्जा ३ को पहिलो नम्बरमा बोलको गित यो हप्ताको ट्रेन्डिङ नम्बर १ मा परेको छ । छक्का पन्जा सिरिजले लगातार राम्रो ब्यापार गरिरहेका बेला ३ को गित पनि हिट हुनुलाई फिल्मले गर्ने ब्यापारको पुर्वानुमान गर्न सकिन्छ । ४ दिन मै करिब २० लाख पटक हेरिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया