प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन १०, २०७४
|
|
२२ पटक हेरिएको
Shares
प्रहरी इन्काउन्टरमा अहिलेसम्म को को मारिए ? के भन्छन् मानवअधिकारकर्मी…

सारांश

  • काठमाडौं, १० फागुन – भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ।
  •  आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले खबर लेखेका छन् ।
  • एमालेसम्बद्ध युवा संघ रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारी र देवदहकै फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका पुनको अपराध शृंखला काठमाडौंका निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्यासम्म जोडिएको छ।

काठमाडौं, १० फागुन – भारतमा बसेर उतैका आपराधिक गिरोहको संरक्षणमा नेपाली व्यवसायीबाट करोडौं रकम असुली र व्यक्ति हत्याका आरोपी पुनको मृत्यु गैरन्यायिक हत्या हो कि इन्काउन्टर भन्ने प्रश्न उब्जिएको छ। आजको अन्नपूर्ण पोष्ट दैनिकमा सुवास गोतामेले खबर लेखेका छन् ।

एमालेसम्बद्ध युवा संघ रुपन्देही अध्यक्ष दुर्गाप्रसाद तिवारी र देवदहकै फर्निचर व्यवसायी वसन्त पौडेलको हत्याको जिम्मेवारी लिएका पुनको अपराध शृंखला काठमाडौंका निर्माण व्यवसायी संघका अध्यक्ष शरद गौचन हत्यासम्म जोडिएको छ। जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी श्याम ज्ञवालीले पुन प्रहरी मुठभेडमा मारिएको दाबी गरेका छन् तर उनका तर्फबाट कति राउन्ड गोली प्रहार भयो, प्रहरीमाथि पुनले कुन प्रकारले आक्रमण गर्‍यो भन्नेबारे प्रहरी अनुत्तरित छ। पुनको खोजतलासमा जुटेका प्रहरी भन्छन्, ‘हामीमाथि फायर गरेपछि आत्मरक्षाका लागि गोली चलाउँदा पुन ढलेका हुन्।’

यसअघि दिनेश अधिकारी ‘चरी’, कुमार घैंटे र प्रवीण खत्री प्रहरीकै शब्दमा दोहोरो मुठभेडमा मारिएका हुन्। चरी र घैंटेको मृत्युको विषयलाई लिएर एमाले र कांग्रेसका नेताले ‘फेक इन्काउन्टर’ को संज्ञा दिएका थिए। एमाले नेता राजेन्द्र पाण्डेले त संसद्मै घटना छानबिन हुनुपर्ने माग गरेका थिए तर छानबिन भएन। घैंटे मारिएपछि कांग्रेस नेता जगदीशनरसिंह केसीले पनि फेक इन्कान्उटर नै रहेको दाबी गरेका थिए। कांग्रेस नेता गगन थापाले पनि घैंटेको पक्षमा बोल्दै प्रहरी ज्यादती बढेको आरोप लगाएका थिए।

ललितपुर कुसुन्तीका प्रवीण खत्री पनि प्रहरी मुठभेडमै मारिएको दाबी गरियो तर स्थानीयले प्रहरीले कानुन हातमा लिएर खत्रीको हत्या गरेको भन्दै विरोध गरेका थिए। चरी, घैंटे र पुनभन्दा खत्री फरक पृष्ठभूमिका व्यक्ति हुन्।

राष्ट्रिय मानवअधिकार आयोगका पूर्वसदस्य गौरी प्रधान इन्काउन्टर र फेक इन्काउन्टरबारे छानबिन गर्नुपर्ने बेला आएको बताउँछन्। उनले भने, ‘नेपालको संविधानले बाँच्न पाउने अधिकार सबैलाई दिएको छ। आपराधिक पृष्ठभूमिका व्यक्तिलाई पक्राउ गर्न जाँदा प्रहरीतर्फ ठूलै हानि–नोक्सानी वा ज्यानै जान सक्ने परिस्थिति आएमा प्रहरीले बल प्रयोग गर्न पाउँछ तर घटना प्रकृति र मुचुल्काले त्यो पुष्टि हुनुपर्छ।’

इन्काउन्टर सिलसिला

२०७१ साउन २१ भीमढुंगामा दिनेश अधिकारी ‘चरी’

२०७२ भदौ ३ सामाखुसीमा कुमार श्रेष्ठ ‘घैंटे’

२०७४ साउन २३ कुसुन्तीमा प्रवीण खत्री

२०७४ फागुन ९ रुपन्देही देवदहमा मनोज पुन र सोम आले

प्रतिक्रिया

3 कमेन्ट

    Comment Author

    Innocence Heart

    Better seize these human rights people. These people hasn’t human sense? I want to kill all politicians do you protect me human rights people? Stupid talking.

    Comment Author

    Limbo Narendra Limbo Narendra

    जो जो मरे सही समयमा मरे। जसले मा-यो उ देश र जनताको सदैव उच्च रहोस । दोषी मर्नूमा कूनै मानव अधिकारकर्मीले शोक नमनाआओस नेपाल। कानून सबैको हो । तर दोषी र निर्दोष फरक यति हो।

      Comment Author

      एन बि भण्डारी

      सहि हो, जस्तो कर्म गर्यो उस्तै फल मिल्छ

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 3
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?