तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
२८ पटक हेरिएको
Shares
तराई मधेश खानेपानी गुणस्तर कार्यक्रम प्राथमिकतामा

सारांश

  • काठमाडौँ, ११ फागुन ,तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।
  • खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो ।
  • विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिनुभयो ।

काठमाडौँ, ११ फागुन ,तराई क्षेत्रमा शुद्ध खानेपानी उपलव्ध गराउने उद्देश्यले सरकारले तराई मधेश खानेपानी गुणस्तर सुधार कार्यक्रमलाई प्राथमिकता दिएको छ ।

खानेपानी तथा ढल निकास विभागले तराईका २२ जिल्लालाई लक्षित गरेर उक्त कार्यक्रमलाई प्राथमिकता दिएको हो । विभागका सूचना अधिकारी शेखर केसीले यो आर्थिक वर्षमा तराई मधेश खानेपानी सम्बन्धमा ८६ योजनाको सर्वेक्षण भइरहेको जानकारी दिनुभयो ।

“तराईका जनतालाई शुद्ध खानेपानी खुवाउनका लागि विस्तृत अध्ययन गरेर तथ्यांक निकाल्ने काम गरिरहेका छौँ,”– उहाँले भन्नुभयो ।

यस्तै, विभागले कुनैकुनै स्थानमा बोलपत्र आह्वान गरी बोरिङ खन्ने काम र वरपर पर्खाल लगाउने काम भइरहेको केसीले बताउनुभयो । सरकारले तराई मधेश खानेपानीका लागि रु एक अर्ब ४९ करोड ६९ लाख रकम विनियोजन गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?