पाल्पा पनि वामपन्थीको लालकिल्ला बन्ने संकेत

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
२८ पटक हेरिएको
Shares
पाल्पा पनि वामपन्थीको लालकिल्ला बन्ने संकेत

सारांश

  • पाल्पामा भैरहेको मतगणनामा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतले अघि बढीरहेका छन् ।
  • दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुई प्रतिनिधि सभा सदस्य र चार वटै प्रदेश सभा सदस्यमा वामगठबन्धन अगाडि छ ।
  • क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेद्वार बिजय घिमिरेले ३ हजार ६ सय २२ मत प्राप्त गर्दा वाम गठबन्धनका उम्मेद्वार एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले ९ हजार ७ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

पाल्पामा भैरहेको मतगणनामा वाम गठबन्धनका उम्मेदवार फराकिलो मतले अघि बढीरहेका छन् । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुई प्रतिनिधि सभा सदस्य र चार वटै प्रदेश सभा सदस्यमा वामगठबन्धन अगाडि छ । क्षेत्र नम्बर १ को प्रतिनिधिसभामा नेपाली काग्रेसका उम्मेद्वार बिजय घिमिरेले ३ हजार ६ सय २२ मत प्राप्त गर्दा वाम गठबन्धनका उम्मेद्वार एमाले केन्द्रिय सदस्य एवं पूर्वमन्त्री दलबहादुर रानाले ९ हजार ७ सय ९२ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर १ को प्रदेश सभा सदस्य क मा कांग्रेसका देब राज ढकालले ३ हजार ८९ र वाम गठबन्धनका एमाले उम्मेद्वार युवराज खनालले ६ हजार ४ सय ७० मत प्राप्त गर्नुभएको छ । क्षेत्र नम्बर १ कै प्रदेश सभा सदस्य खमा वाम उम्मेद्वार एमाले नेता नारायण आचार्यले ६ हजार २ सय ८२ र नेपाली कांग्रेसका दानबहादुर पक्षाईले २ हजार ५३ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ को प्रतिनिधिसभा सदस्यमा एमाले केन्द्रीय सदस्य एवं पूर्व उधोगमन्त्री सोमप्रसाद पाण्डेले १६ हजार ७ सय ६ मत प्राप्त गर्दा कांग्रेस उम्मेद्वार पूर्व सांसद हरीप्रसाद नेपालले ९ हजार ९ सय ४३ मत पाउनु भएको छ । एमाले बरिष्ठ नेता माधब कुमार नेपालका सम्धी समेत रहनुभएका सोम प्रसाद पाण्डे प्रतिस्पर्धी नेपाल भन्दा ६ हजार ७ सय ६३ मतले अगाडि हुनुहुन्छ ।

क्षेत्र नम्बर २ को प्रदेश सभा सदस्यको (क) मा काग्रेस उम्मेद्वार माधब नेपालको ५ हजार ५ सय २० मत प्राप्त हुदा वाम गठबन्धनका एमाले उम्मेदवार पुरन बज्राचार्यले ८ हजार ८ सय ४१ मत प्राप्त गर्नुभएको छ ।

क्षेत्र नम्बर २ कै प्रदेश सभा सदस्यको ख मा नेपाली काग्रेसका उम्मेद्वार राम बहादुर कार्कीले ६ हजार ३ सय ६ मत प्राप्त गर्दा वाम गठबन्धनका माओबादी केन्द्रका नेता तुलाराम घर्तीले ११ हजार २० मत प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तपाईंले छुटाउनुभयो कि?