प्रधानमन्त्री ओलीलाई बुबाको ७ उपदेश

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन ११, २०७४
|
|
१८ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीलाई बुबाको ७ उपदेश

सारांश

  • काठमाडौं, फागुन ११ ।
  • प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बुबा मोहनप्रसाद ओली पुगे ।
  • कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री ओलीले बुबासँग भेट्न पनि समय पाएनन् ।

काठमाडौं, फागुन ११ । प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मदिनको अवसरमा शुक्रबार बिहानै प्रधानमन्त्री निवास बालुवाटारमा बुबा मोहनप्रसाद ओली पुगे । कुटनीतिक नियोगका प्रतिनिधि र नेताहरुले घेरिएका प्रधानमन्त्री ओलीले बुबासँग भेट्न पनि समय पाएनन् ।

८८ वर्षीय बुबा मोहनप्रसाद प्रधानमन्त्री बनेका छोरा केपी ओलीलाई भेट्न पर्खिरहेका थिए ।
प्रधानमन्त्रीलाई जन्मदिनमा शुभकामना व्यक्त गर्न केक बोकेर पुगेका ठूलो हुलको बीचमै बुबा मोहनप्रसाद पनि छोरालाई जन्मदिनको शुभकामना दिन पर्खिरहेका छन् ।

छोरालाई जनमदिनको शुभकामना दिन नपाए पनि बुबा ओलीले प्रधानमन्त्रीको जिम्मेवारी सम्हालिरहेका छोरा केपीलाई ७ उपदेश दिएका छन् ।

दुखमा नआत्तिनू
सुखमा नमात्तिनू
विपतमा परेकालाई दया देखाउनू
सबै इष्टमित्र राख्नू
आफूलाई ठूलो नठान्नू
सबैलाई माया गर्नू
गरिब र धनीमा भेद नगर्नू

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    बुवाको सुभ आशीर्वाद सत प्रतिसत फलोसफुलोस

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?