विनजयजंग बस्नेत पक्राऊ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, फाल्गुन ४, २०७७
|
|
३३ पटक हेरिएको
Shares
विनजयजंग बस्नेत पक्राऊ

सारांश

  • बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गरेको छ ।
  • उनलाई काठमाडौ छिरेको केही समयमै प्रहरीले पक्राऊ गरेको हो ।
  • बस्नेतले आफूसँगै शव व्यवस्थापनमा विगतमा सक्रिय सपना रोका मगरको अश्लीलय तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि जाहेरी परेको थियो ।

बेवारिशे शव व्यवस्थापन गर्दै आएका विनयजंग बस्नेतलाई प्रहरीले पक्राऊ गरेको छ । उनलाई काठमाडौ छिरेको केही समयमै प्रहरीले पक्राऊ गरेको हो ।

बस्नेतले आफूसँगै शव व्यवस्थापनमा विगतमा सक्रिय सपना रोका मगरको अश्लीलय तस्बिर र भिडियो सार्वजनिक गर्ने धम्की दिएपछि जाहेरी परेको थियो । सपनाले नै विनयविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिएकी थिइन् ।

यसअघि आइतबार विनयविरुद्ध अदालतबाट पक्राऊ पूर्जी जारी भएको थियो । उनलाई महानगरीय प्रहरीले उपस्थित हुन भनेको थियो ।
विनयविरुद्ध उजूरी दिने सपना बीबीसीको प्रभावशाली एक सय महिलाको सूचीमा परेकी थिइन् । त्यसपछि उनी चर्चाको शिखरमा पुगिन् । सपनाको चरित्रहत्या गर्न विनयजंग सक्रिय भएको अभियोग छ ।

विनयजंगले युट्युब भिडियोमा अन्तवार्ता दिदै सपना रोक्का मगरको अश्लिल फोटो र भिडियो आफूसँग रहेको दाबी गरेका थिए । त्यसपछि सपनाले सामाजिक सञ्जालमा आफूलाई आत्महत्या गर्न वाध्य बनाउन लागेको लेखेकी थिइन् । यो घटनाले विनय आलोचित भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?