निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने
सारांश
- बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
- जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको छ ।
- निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरिसकेको छ ।
बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको छ । निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरिसकेको छ ।
साथै मतदानको दिन ज्येष्ठ नागरिक, अपाङ्ग, बिरामी तथा सुत्केरीलाई लाइनमा नबसी सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने ब्यबस्था राखिने छ । चुनावी प्रचार तथा मतदानस्थलमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको छ । भक्तपुरमा एकलाख ६२ हजार आठसय ८९ मतदाता रहेका छन् जसमा ८३ हजार दुईसय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष मतदाता रहेका छन् ।
भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि ७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसमा भक्तपुर नगरपालिकामा १७, मध्यपुर थिमी नगरपालिकामा १७, सूर्यविनायक नगरपालिकामा २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।
प्रतिक्रिया