निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, बैशाख २२, २०७४
|
|
१११ पटक हेरिएको
Shares
निर्वाचनका दिन १८ सय सुरक्षाकर्मी परिचालन गरिने

सारांश

  • बैशाख  ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।
  • जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको छ  ।
  • निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरिसकेको  छ  ।

बैशाख  ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि भक्तपुरमा एकहजार आठसय सुरक्षाकर्मी परिचालन गरिने भएको छ ।

जिल्ला प्रशासन कार्यालयको नेतृत्वमा सुरक्षाकर्मीसहितको टोलीले जिल्लाभरका ७८ वटा निर्वाचन केन्द्रको अनुगमन सम्पन्न गरेको छ  । निर्वाचन केन्द्रमा मतदातास्थल कहाँ कहाँ रहने, मतदातालाई कसरी व्यवस्थित गर्ने, सुरक्षाकर्मीलाई कसरी तैनाथ गरिने भन्ने बारेमा सबै तयारी पूरा गरिसकेको  छ  ।

साथै मतदानको दिन ज्येष्ठ नागरिक, अपाङ्ग, बिरामी तथा सुत्केरीलाई लाइनमा नबसी सहजरुपमा मतदान गर्ने व्यवस्था मिलाइने ब्यबस्था राखिने छ  । चुनावी प्रचार तथा मतदानस्थलमा बालबालिकाको प्रयोगलाई पूर्णरुपमा बन्देज लगाइएको छ  । भक्तपुरमा एकलाख ६२ हजार आठसय ८९ मतदाता रहेका छन् जसमा ८३ हजार दुईसय ६६ महिला र ७९ हजार ६ सय २३ पुरुष मतदाता रहेका छन् ।

भक्तपुरमा स्थानीय तहको निर्वाचनका लागि ७८ वटा मतदान केन्द्र निर्धारण गरिएको छ । यसमा भक्तपुर नगरपालिकामा १७, मध्यपुर थिमी नगरपालिकामा १७, सूर्यविनायक नगरपालिकामा २३ र चाँगुनारायण नगरपालिकामा २१ मतदान केन्द्र निर्धारण गरिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?