सन्दीपलाई आइपिएलमा १ नम्बरको जर्सी

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, चैत्र ९, २०७४
|
|
४५ पटक हेरिएको
Shares
सन्दीपलाई आइपिएलमा १ नम्बरको जर्सी

सारांश

  • काठमाडौं– अन्तर्राष्ट्रिय होस या घरेलु प्रतियोगिता।
  • युवा लेग स्पिनर सन्दीप लामिछानेले लगाउने जर्सी नम्बर हो २५।
  • कसैले उसलाई २५ नम्बरको जर्सी लगाउ भनेर सन्दीपले लगाएका होइनन्।

काठमाडौं– अन्तर्राष्ट्रिय होस या घरेलु प्रतियोगिता। युवा लेग स्पिनर सन्दीप लामिछानेले लगाउने जर्सी नम्बर हो २५। कसैले उसलाई २५ नम्बरको जर्सी लगाउ भनेर सन्दीपले लगाएका होइनन्। सन्दीप आफैको रोजाईको हो, २५।

सन्दीपले आफ्नो भाग्यशाली नम्बर भएर २५ रोजेका होइनन्। २५ नम्बरसँग उनको सुखद भन्दा पनि दुखान्त कथा जोडिएको छ। जनवरी २५ सन्दीपको भान्जीको जन्मदिन हो। तर, भान्जी अहिले हामी माँझ छैनन्। सानै उमेरमा उनी यस संसारबाट विदा भइसकेकी छिन्। उनै प्यारी भान्जीको सम्झनामा सन्दीपले २५ नम्बर जर्सी लगाउने निधो गरे।

दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत दुवाबाट लामिछानेलाई जर्सी हस्तान्तरण
आइपिएल टिम दिल्ली डेयर डेभिल्सले बिहीबार काठमाडाँैमा सन्दीप लामिछानेलाई १ नम्बरको जर्सी हस्तान्तरण गर्दै दिल्ली डेयर डेभिल्सका प्रमुख कार्यकारी अधिकृत (सिइओ) हेमन्त दुवा । तस्बिरः रोशन सापकोटा

तर, चैत २४ गतेबाट हुने इन्डियन प्रिमियर लिग (आइपिएल)मा देल्ली डेयरडेभिल्सबाट खेल्दा सन्दीपले २५ नम्बर लगाउँदैनन्। कारण टोलीका सिनियर खेलाडीले यो जर्सी लगाइसकेका छन्। त्यसैले सन्दीपले रोजे नम्बर १। भान्जीको जन्मदिन २५ को जर्सी नपाए सन्दीपले रोजे जन्म महिना।

‘मेरो भान्जीको जन्म दिन २५ गते हो। तर उनी अहिले हामीमाँझ छैनन्। उनलाई समर्पण गर्दै मैले २५ नम्बरको जर्सी रोजेको हो। तर, दिल्ली डेयर डेभिल्समा यो नम्बर सिनियरले लगाउनुहुन्छ,’ जिम्बाब्वेमा सम्पन्न विश्वकप छनोट प्रतियोगितामा भर चर्चामा रहेका सन्दीपले थपे, ‘जन्मदिन नपाएपछि मैले जन्म महिना रोजेको हो।’

आइपिएल खेल्ने पहिलो नेपाली खेलाडी सन्दीपको टोली दिल्लीले प्रतियोगितामा पहिलो खेल किंग्स ११ पंजाबविरुद्ध मोहाली खेल्नेछ। सन्दीप दिल्लीको ११ जनाभित्र पर्छन की पदैनन भन्ने चासो व्यापक छ। बिहीबार सन्दीपले दिल्लीबाट लगाउने जर्सीको अनावरण कार्यक्रममा ११ जनाभित्र पर्ने सम्भावनाबारे सन्दीपले भने, ‘प्रतियोगितामा राम्रो गर्ने मरो प्रयास हुनेछ। तर, मैले खेल्न पाउने नपाउने भन्दा पनि टोलीले जित्नु महत्वपूर्ण कुरा हो। टिम संयोजन गर्दा मरो आवश्यकता प-यो भने म योगदान गर्न तयार छु।’

 

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो’
‘नागरिकता विधेयक प्रमाणीकरणले संसद्को सर्वोच्चता कायम भयो’
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
मलेसियामा राति प्रेमिका भेट्न गएका नेपाली युवाको भाग्ने क्रममा ४ तलाबाट खसेर मृत्यु
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
राष्ट्रियसभा बैठक : कोरना भाइरसबारे सचेतना अपनाउन आग्रह
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
अनधिकृत विद्युत् प्रयोग गर्नेबाट १७ लाख असुल
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
विद्युत् चुहावट गर्ने २४ जना पक्राउ
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
इंग्लिस प्रिमियर लिगः एभर्टनमाथिको जीतपछि आर्सनलको शिर्षस्थान कायमै
राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट
राष्ट्रपतिसँग नेकपा अध्यक्ष दाहालको भेट
Advantages Of Mobile Casino Games To Players
आफैले भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछि
आफैले भाउजुको हत्या गरेर प्रहरी कार्यालय पुगेपछि