प्रदेश नम्बर ३ मा मन्त्रिपरिषद् विस्तार, यी हुन् नयाँ मन्त्री
सारांश
- काठमाडौं, १६ फागुन ।
- प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले आज थप चार मन्त्रीलाई सपथ खुवाएकी छन् ।
- बुधबार एमालेबाट ३ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री थपिएपछि प्रदेश ३ को मन्त्रिपरिषद विस्तार भएको हो ।
काठमाडौं, १६ फागुन । प्रदेश नम्बर ३ की प्रदेश प्रमुख अनुराधा कोइरालाले आज थप चार मन्त्रीलाई सपथ खुवाएकी छन् । बुधबार एमालेबाट ३ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री थपिएपछि प्रदेश ३ को मन्त्रिपरिषद विस्तार भएको हो ।
एमालेबाट अरुण नेपाल उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री भएका छन् । त्यस्तै, कैलाश ढुंगेल अर्थ तथा योजना मन्त्री बनेका छन् भने दावादोर्जे लामा कृषि तथा सहकारी मन्त्री भएका छन् । त्यस्तै, युवराज दुलालले सामाजिक विकास मन्त्रालय सम्हालेका छन् । यसअघि केशव स्थापित भौतिक पूर्वाधार र गृहमन्त्री शालिकराम जमरकट्टेलले सम्हालेका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया