राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै

Shikharkhabar Shikharkhabar
|
बुधबार, आश्विन २९, २०७६
|
|
२७ पटक हेरिएको
Shares
राष्ट्रपति विद्यादेवी भण्डारी आज म्यान्मार जाँदै

सारांश

  • काठमाडौं ।
  • राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि (असोज २९(कात्तिक ३ गतेसम्म) देखिपाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् ।
  • भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ ।

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी म्यान्मार गणतन्त्र संघका राष्ट्रपति ऊ विन मिन्तको मैत्रीपूर्ण निमन्त्रणामा आजदेखि (असोज २९(कात्तिक ३ गतेसम्म) देखिपाँच दिने राजकीय भ्रमणमा म्यानमार जाने भएकी छिन् । भ्रमणका अवसरमा राष्ट्रपति भण्डारीले आफ्ना समकक्षी मिन्तसँग द्विपक्षीय वार्ता गर्नुहुने परराष्ट्र मन्त्रालयले जनाएको छ । राष्ट्रपति भण्डारीसँग म्यान्माका स्टेट काउन्सिलर आङ सान सु चीले भेट गर्नेछन ।

राष्ट्रपति भण्डारी र उनको प्रतिनिधिमण्डलको सम्मानमा म्यान्माली राष्ट्रपति मिन्तले राजकीय भोजको आयोजना गर्नेछन् । म्यान्मामा रहँदा राष्ट्रपति भण्डारीले नेपाली मूलका नागरिकसँग पिन ओ लिनमा भेटघाट गर्नुका साथै युनेस्कोको विश्व सम्पदा बगान र यङ्गोनको भ्रमण गर्नुे जनाइएको छ । यङ्गोनमा उनले ऐतिहासिक एवं सांस्कृतिक महत्वका स्थानको भ्रमण गर्ने्छिन् ।

राष्ट्रपति भण्डारीको प्रतिनिधिमण्डलमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, परराष्ट्र मन्त्रालय र राष्ट्रपति कार्यालयका सचिव, राष्ट्रपति कार्यालय र परराष्ट्र मन्त्रालयका उच्चपदस्थ अधिकारी तथा सञ्चारकर्मी रहने मन्त्रालयको प्रेस विज्ञप्तिमा जनाइएको छ । राष्ट्रपतिको प्रतिनिधिमण्डल बुधबार बिहान नेपाल एयरलायन्सबाट बैंकक हुँदै म्यान्माको राजधानी नेपित पुग्नेछ ।

नेपालसँग म्यान्माको सम्बन्ध १५० वर्ष पुरानो छ । बौद्धधर्मले दुवै देशलाई अझै निकट बनाएको छ । दुई देशबीच सन् १९६० मार्च १९ (विसं २०१६ चैत ६) राजदूतस्तरमा कूटनीतिक सम्बन्ध स्थापना भएको हो ।

तत्कालीन राजा महेन्द्रले विसं २०२६ तथा राजा वीरेन्द्रले २०३६ र प्रधानमन्त्री कीर्ति्निधि विष्ट तथा तत्कालीन प्रधानमन्त्री सुशील कोइरालाले विसं २०७० फागुन २० (सन् २०१४ मार्च ४) मा भएको बिम्स्टेक सम्मेलनका बेला ‘स्वर्णभूमि’मा प्रधानमन्त्रीस्तरमा भ्रमण भएदेखि नेपालबाट उच्चस्तरको भ्रमण भएको छैन ।

सन् १९८९ अघि बर्मा नाम रहेको म्यान्माको राजधानी सन् २००६ देखि यङ्गोनबाट नेपित सारिएको हो । तत्कालीन राष्ट्रपति ने वीनले सन् १९६६(२०२३ तिर) र १९७७ (२०३४ तिर ) तथा प्रधानमन्त्री ऊ सेन विङले सन् १९७५ (विसं २०३२ तिर) मा नेपाल भ्रमण गरेका थिए । प्रजातन्त्रवादी नेत्री तथा धम्मावती गुरुमाकी चेली आङ सान सु चीले बेलाबेला नेपाल भ्रमण गरेकी छिन् ।

दुई देशबीच राजनीतिक, कूटनीतिक, सांस्कृतिक तहबाट भ्रमणको आदानप्रदान भइरहेको छ । सन् २०१६र०१७ मा करीब २५ हजार म्यान्मालीले नेपाल भ्रमण गरेका थिए । अठासी प्रतिशत बौद्ध धर्मावलम्बी भएको म्यान्माले लुम्बिनीमा एक पेगोडा र गुम्बा निर्माण गरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कृषि अनुदानले उद्यमीलाई हौसला
कृषि अनुदानले उद्यमीलाई हौसला
३३ केजी सुन प्रकरण : फेरि अर्का  डिएसपी पक्राउ !
३३ केजी सुन प्रकरण : फेरि अर्का डिएसपी पक्राउ !
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
एलिनाले रुँदै बनाइन् भिडिओ, सत्य घटना कि भाइरल हुन रचिएको नाटक ?
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
चिसो मौसममा ‘मर्निङ वाक’ सबेरैभन्दा अबेर उपयुक्त
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
हामी छिट्टै आउदै छौ एक्सक्लुसिभ र देशै भरिका साना तथा ठुला मुलसमाचार लिएर ७५ रै जिल्लाका ब्युरोको साथबाट प्रतिक्षा गर्नुहोस !!!
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
सलमानले आफ्नो सुपरहिट फिल्म वान्टेडको सिक्वेल बनाउँदै
चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित
चितवनका कृषकहरु तोरी खेतीतर्फ आकर्षित
नि:शुल्क औषधि अभाव: रित्तै हात फर्काइन्छन् बिरामी
ट्रक दुर्घटनामा तीनको मृत्यु
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो
उदयपुरमा थप ८ जनामा कोरोना रिर्पोट शंकास्पद : पुन: परीक्षणका लागि धरान पठाइयो

तपाईंले छुटाउनुभयो कि?