महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

Shikharkhabar Shikharkhabar
|
सोमबार, भाद्र २६, २०७४
|
|
२४ पटक हेरिएको
Shares
महिलाको हत्या गरी फरार व्यक्ति पक्राउ

सारांश

  • मकवानपुर, २६ भदौ हाँडीखोला–७ मुलखोला बस्ने ६२ वर्षीया ठुलीमाया थिङलाई २०६७ फागुन ३ गते गोली प्रहार गरी हत्या गरी फरार मकवानपुरको साविक नामटार गाबिस–६ हाल कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय कुमार भन्ने सागर पाख्रिनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
  • हत्या, लागूऔषध गाँजा, हातहतियार, अखेटोपहार ओसारपसार मुद्धाका फरार पाख्रिनलाई खोजी गर्नेक्रममा काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ झ्याप्ले खोलामा लुकिछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
  • निज पाख्रिन २०७३ बैशाख ३ गते घरमा आएको सूचनाको आधारमा खटिएको प्रहरी घरमा पुग्दा निज पाख्रिन फरार भएको तथा घर तलासी लिँदा कटुवा पेस्तोल २ थान, त्यसको गोली १ थान, भरुवा बन्दुक १ थान, बारुद २ सय ग्राम, छर्रा ६ सय ५० ग्राम, लागूऔषध गाँजा २० केजी र सालकको खपडा १ केजी बरामद भएको थियो ।

मकवानपुर, २६ भदौ
हाँडीखोला–७ मुलखोला बस्ने ६२ वर्षीया ठुलीमाया थिङलाई २०६७ फागुन ३ गते गोली प्रहार गरी हत्या गरी फरार मकवानपुरको साविक नामटार गाबिस–६ हाल कैलाश गाउँपालिका–१० बस्ने ३६ वर्षीय कुमार भन्ने सागर पाख्रिनलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।
हत्या, लागूऔषध गाँजा, हातहतियार, अखेटोपहार ओसारपसार मुद्धाका फरार पाख्रिनलाई खोजी गर्नेक्रममा काठमाडौंको चन्द्रगिरी नगरपालिका–२ झ्याप्ले खोलामा लुकिछिपी बसेको अवस्थामा महानगरीय प्रहरी परिसर काठमाडौंको सहयोगमा जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरीले पक्राउ गरी आइतबार सार्वजनिक गरेको हो ।
निज पाख्रिन २०७३ बैशाख ३ गते घरमा आएको सूचनाको आधारमा खटिएको प्रहरी घरमा पुग्दा निज पाख्रिन फरार भएको तथा घर तलासी लिँदा कटुवा पेस्तोल २ थान, त्यसको गोली १ थान, भरुवा बन्दुक १ थान, बारुद २ सय ग्राम, छर्रा ६ सय ५० ग्राम, लागूऔषध गाँजा २० केजी र सालकको खपडा १ केजी बरामद भएको थियो । साथै साविक नामटार गाबिस–६ मा पर्ने खेतबारीमा निजले अबैध रुपमा ४ कठ्ठा जग्गामा लगाएको गाँजा खेती २०७२ मंसिर २१ गते खटि गएको प्रहरीले नष्ट गरेको थियो ।
पक्राउ परेका पाख्रिनका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान कार्य गरिरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
ओलीले डोटीमा भने, ‘प्रचण्ड माकुने षडयन्त्र हुँदा पनि पार्टी सिद्धिएन्’
नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै
नेकपा संसदीय दलकी सचेतक चौधरी स्वदेश फर्किदै
अँध्यारोमा कसैले तरवार नचलाऊँ : सञ्चारमन्त्री बास्कोटा
कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी
कपिलबस्तु १ मा माओवादीका चक्रपाणी खनाल विजयी
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
लागुऔषध कारोबारी समाउन पोखरामा प्रहरीले चलायो गोली
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
इथियोपिया विमान दुर्घटनापछि बोइङका उही मोडलका जेटहरू ग्राउन्डेड
विप्लवका छोरोको चेतावनीले मेडिकल र अस्पतालमा मच्चियो खैलाबैला
विप्लवका छोरोको चेतावनीले मेडिकल र अस्पतालमा मच्चियो खैलाबैला
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
सरकार सञ्चार क्षेत्रमा ‘मेजर अप्रेशन’ गर्न चाहन्छ : मन्त्री बाँस्कोटा
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
भ्रष्टाचार गर्दिनँ, कसैले भ्रष्टाचार गरे छाड्दिन : प्रधानमन्त्री
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण
एक सय ५४ पालिकाले बुझाएनन् बजेट पारित भएको विवरण

तपाईंले छुटाउनुभयो कि?