मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?

Shikharkhabar Shikharkhabar
|
बिहिबार, फाल्गुन २४, २०७४
|
|
२६ पटक हेरिएको
Shares
मुख्यमन्त्रीदेखि सभामुखसम्मको तलब तोकियो, कसको कति ?

सारांश

  • काठमाडौं, २४ फागुन – प्रदेश ७ को सरकारले मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा तोकेको छ ।
  • बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सेवासुविधा निर्धारण गरेको हो ।
  • मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकिएको छ ।

काठमाडौं, २४ फागुन – प्रदेश ७ को सरकारले मुख्यमन्त्री, मन्त्री र प्रदेश सभा पदाधिकारीको पारिश्रमिक तथा सेवा सुविधा तोकेको छ । बुधबार बसेको मन्त्रिपरिषद्को बैठकले आर्थिक मामिला तथा योजना मन्त्रालयको प्रस्तावमा सेवासुविधा निर्धारण गरेको हो । मुख्यमन्त्रीको मासिक तलब ६० हजार ९ सय ७० तोकिएको छ । आजको नयाँ पत्रिका दैनिकमा खबर छ ।

मुख्यमन्त्रीले पत्रपत्रिका र टेलिफोनबापत थप मासिक दुई हजार, १ सय ५० लिटर इन्धन, १० लिटर मोबिल, सवारीसाधन, सरकारी आवास र भ्रमणमा जाँदा दैनिक २ हजार ५ सय भत्ता पाउनेछन् । त्यस्तै, उपसचिव, तृतीय श्रेणी र कार्यालय सहयोगीस्तरको गरी एक÷एकजना निजी कर्मचारी राख्न पाउनेछन् । फर्निचर खरिदका लागि वार्षिक १५ हजार एकमुष्ट रकम पाउनेछन् ।

कानुन मस्यौदा तर्जुमा समिति गठन

बैठकले प्रदेश सरकार सञ्चालनका लागि आवश्यक कानुन निर्माण गर्न कानुन मस्यौदा तर्जुमा तथा सिफारिस समिति पनि गठन गरेको छ । आन्तरिक मामिला तथा कानुनमन्त्री प्रकाश शाहको संयोजकत्वमा गठन भएको समितिमा मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका कानुनसचिव र आन्तरिक मामिला तथा कानुन मन्त्रालयका सचिव सदस्य रहनेछन् ।

मन्त्रीको तलब ५२ हजार

प्रदेश सरकारका मन्त्रीको मासिक तलब ५२ हजार तोकिएको छ । उनले पत्रपत्रिका र सञ्चार खर्चबापत थप दुई हजार पाउनेछन् । सरकारी आवास नलिए मासिक १२ हजार आवास खर्च पाउनेछन् । फर्निचर खरिदका लागि वार्षिक १५ हजार रुपैयाँ दिइनेछ । यसबाहेक मासिक १ सय २५ लिटर इन्धन, पाँच लिटर मोबिल र भ्रमणमा गए दैनिक दुई हजार भ्रमणभत्ता पाउनेछन् । मन्त्रीहरूले अधिकृत र कार्यालय सहयोगीस्तरको एक÷एकजना निजी सहयोगी राख्न पाउनेछन् ।

सभामुखको तलब ५४ हजार

मन्त्रीपरिषद्ले सभामुखको तलब ५४ हजार पाँच सय तोकेको छ । उनले पत्रपत्रिका र सञ्चारका लागि थप दुई हजार पाउँनेछन् । उनलाई आवास सुविधा पनि उपलब्ध गराइनेछ । उपसभामुख र विपक्षी दलको नेताको मासिक तलब ५३ हजार २ सय ५० रुपैयाँ तोकिएको छ । संसद्मा दलका सचेतक र संसदीय समितिका सभापतिहरूले मासिक ५० हजार सात सय रुपैयाँ पाउने छन् । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार, आवास सुविधा नपाउने उपसभामुख, विपक्षी दलको नेता, सचेतक तथा संसदीय समितिका सभापतिले थप १२ हजार रुपैयाँ पाउनेछन् ।

मुख्यमन्त्री, मन्त्री र सभामुखको आवासको व्यवस्था प्रदेश सरकारले नै गर्नेछ । तर, राजधानीदेखि १५ किलोमिटरभित्र घर भएमा मन्त्री र सभामुखले सरकारी आवासको सट्टा मासिक १२ हजार रुपैयाँ प्राप्त गर्नेछन् । प्रदेश सभा सदस्यहरूले मासिक ४७ हजार तलब पाउनेछन् । उनीहरूलाई मासिक १२ हजार रुपैयाँ आवासका लागि दिइनेछ ।

न्यायाधिवक्तामा उपाध्याय

मन्त्रिपरिषद्ले प्रदेशको मुख्य न्यायाधिवक्तामा वरिष्ठ अधिवक्ता कुलानन्द उपाध्यायलाई नियुक्त गर्न सिफारिस गरेको छ । मुख्यमन्त्री त्रिलोचन भट्टले मुख्य न्यायाधिवक्तामा उपाध्यायको नाम प्रस्ताव गरेका थिए ।

– मापदण्डमै तलब निर्धारण : प्रवक्ता

कसको तलब कति

६०,९७० – मुख्यमन्त्री
५२,००० – मन्त्री
५४,५०० – सभामुख
४७,००० – सांसद
उपसभामुख, विपक्षी दलको नेता – ५३,२५०,
सचेतक र संसदीय समितिका सभापति – ५०,७००

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
राजाकाे अादेशमा गाडि चलाउँदै साउदी महिला
समानुपातिकतर्फ ९ लाख मत खेर:  कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
समानुपातिकतर्फ ९ लाख मत खेर: कुलमान घिसिङ देखि बाबुराम भट्टराईसम्मका दलले कटाउन सकेनन् थ्रेसहोल्ड
१७ केजी अवैध सुन बरामद ।
१७ केजी अवैध सुन बरामद ।
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
अनलाइनबाटै घरघरमा फापरको झिलिङ्गा र खुर्पानीको सुकुटी
६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय
६ महिनासम्म कारोबार नगरे बैंक खाता निष्क्रिय
यसकारण खारेज हुन सक्छन नेपाली कांग्रेस, राष्ट्रिय जनता पार्टी (राजपा) र संघीय समाजवादी फोरम पनि !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
मोदीको निमन्त्रणामा शशांक दिल्ली प्रस्थान्, हिन्दूराष्ट्र मुख्य एजेण्डा !
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
वर्तमान सरकार राष्ट्रिय स्वाधीनता र स्वाभिमानको रक्षा गर्न प्रतिबद्ध छ : प्रधानमन्त्री
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
आज भाइटीका, बिहान ११:३७ मा उत्तम साइत
बलात्कार आरोपीलाई जन्मकैद
बलात्कार आरोपीलाई जन्मकैद

तपाईंले छुटाउनुभयो कि?