छोरीको नाममा ५ वटा विरुवा रोप्नुस्, गाउँपालिकाबाट २५ हजार लिनुस्

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, फाल्गुन २५, २०७४
|
|
२५ पटक हेरिएको
Shares
छोरीको नाममा ५ वटा विरुवा रोप्नुस्, गाउँपालिकाबाट २५ हजार लिनुस्

सारांश

  • काठमाडौं, २५ फागुन -१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सर्लाही स्थित २० वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्।
  • कतै -याली गरे त कसैले स्त्री एवं प्रसुती रोग सम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा विविध कार्यक्रमका साथ नारी दिवस मनाए।
  • कतै महिला अधिकार सम्बन्धी अन्तरत्रिया एवं गोष्ठी आयोजना गरियो।

काठमाडौं, २५ फागुन -१०८ औं अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सर्लाही स्थित २० वटै स्थानीय तहले छुट्टाछुट्टै कार्यक्रम गरी मनाएका छन्। कतै -याली गरे त कसैले स्त्री एवं प्रसुती रोग सम्बन्धी शिविर सञ्चालन गर्दै जिल्लामा विविध कार्यक्रमका साथ नारी दिवस मनाए। कतै महिला अधिकार सम्बन्धी अन्तरत्रिया एवं गोष्ठी आयोजना गरियो। आजको नागरिक दैनिकमा खबर छ ।

जिल्लाकै चन्द्रनगर गाउँपालिकाले भने नारी दिवसका अलि भिन्न तरिकाले मनाएको छ। गाउँपालिकाले ‘शिक्षित बेटी : बालिक पुतोह, स्वच्छ आ सम्मुनत गाउँपालिका’ अभियान घोषणा गरेको छ। आगामी २०७५ वैशाख १ गतेपछि जन्मने छोरीको नाममा सम्बन्धित अभिभावकले ५ वटा विरुवा रोपेपछि मात्र जन्मदर्ता गरिने र  अभिभावकसँग ५ हजार रुपैयाँ लिएर गाउँपालिकाले छोरीको नाममा स्थानीय वित्तिय संस्थामा २५ हजार रुपैयाँको २० वर्षे फिक्स खाता खोलिदिने योजना घोषणा गरेको गाउँपालिका अध्यक्ष महेन्द्र महतोले बताए।

‘त्यसरी जम्मा गरिएको रकम २० वर्ष नपुगुञ्जेल निकाल्न पाइँदैन’, अध्यक्ष महतोले भने, ‘सम्बन्धित अभिभाकले विद्यालय शिक्षा पूरा गराएर २० वर्ष पुगेपछि मात्र छोरीको विवाह गरेमा उक्त रकम पाउनेछन्।’ बिहीबार बसेको गाउँ कार्यपालिकाले उक्त निर्णय घोषणा गरेको महतोले जानकारी दिए।

दक्षिणी क्षेत्रमा रुख अभावले वातावरण प्रदुषित बन्दै गएको, दाउरा अभाव हुनुका साथै घरायसी प्रयोगका लागि काठ अभाव लगायतका समस्या विकराल बन्दै गएकाले उक्त अवधारण ल्याइएको उनले बताए। कार्यक्रमका प्रमुख अतिथि प्रदेश सांसद् उपेन्द्र महतोले गाउँपालिकाको घोषणाले मधेशमा व्याप्त अशिक्षा र बाल विवाह रोक्नका लागि ठूलो सहयोग पु-याउने बताए। ‘छोरीलाई नपढाउने, सानैमा विवाह गरिदिने लगायतका मधेसमा व्याप्त कुरीतिको अन्त्यका लागि यो घोषणाले टेवा पुर्याउने छ’, उनले भने, ‘कार्यक्रमलाई सफल बनाउन सबै एक ढिक्का भयर अगाडी बढ्नुपर्छ।’

वातावरण संरक्षणसहित घुम्टोप्रथाको अन्त्य गर्दै छोरीलाई शिक्षा दिने र उमेर पुगेपछि मात्र विवाह गर्ने चलन बसाउनका लागि कार्यक्रमले ठूलो टेवा पु-याउने विश्वास लिइएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत टेकप्रसाद भट्टराई (बाबुराम)ले बताए। कार्यक्रममा बोल्दै महिला अधिकारकर्मीहरु मंजु सिंह, लक्ष्मी सिंह, सम्झना नेवार लगायतले सास्ति खेप्दै आएका महिलालाई गाउँपालिकाको अभियानले ठूलो राहत पु-याउने धारणा राखे।

कार्यक्रममा गाउँपालिकाले ८ कक्षा माथि अध्यनरत ५०० जना किशोरीलाई महिनावारी हुँदा लगाउने सेनेटरी प्याड समेत बितरण गरेको प्रमुख प्रशासकीय अधिकृत भट्टराईले बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?