फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, कार्तिक १७, २०७४
|
|
४५ पटक हेरिएको
Shares
फ्राइडे रिलिज: दुई नेपाली र एक विदेशी फिल्म पर्दामा

सारांश

  • यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्।
  • फिल्म ‘फाटेको जुत्ता’ र ‘धनवान’ एकसाथ देशभर रिलिज भएका हुन्।
  • अर्जुन कुमार निर्मित फिल्म ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन्।

यो साता फ्राइडे रिलिज अन्तर्गत दुई नेपाली फिल्म सार्वजनिक भएका छन्। फिल्म ‘फाटेको जुत्ता’ र ‘धनवान’ एकसाथ देशभर रिलिज भएका हुन्।

अर्जुन कुमार निर्मित फिल्म ‘फाटेको जुत्ता’लाई निकेश खड्काले निर्देशन गरेका हुन्। फिल्ममा निरज महर्जनको कथा रहेको छ। फिल्ममा सौगात मल्ल र प्रियङ्का कार्कीसँगै बुद्धि तामाङ, कामेश्वर चौरासिया, आमिर गौतम, रवीन्द्र झा, रमेश रन्जन, सन्दीप क्षेत्री लगायतको मुख्य अभिनय रहेको छ। फाटेको जुत्ताले सिंगल स्क्रिन एवं मल्टिप्लेक्समा पनि सो पाएको छ।

त्यस्तै सिंगल स्क्रिनमा सो पाएको फिल्म धनवानलाई दुर्गा खड्काले निर्माण गरेका हुन्‍। प्रचार प्रसार बिना पर्दामा उत्रिएको फिल्मलाई ऋषि न्यौपानेको निर्देशन गरेका हुन्। मौनता श्रेष्ठको कथा रहेको फिल्ममा भरत थापा, समिता गिरी, दिनेश शर्मा, सुशील क्षेत्री, केदार घिमिरे, सुरविर पण्डित लगायतका कलाकारहरुको अभिनय छ।

बलिउडबाट भने यो साता नयाँ फिल्म रिलिज भएको छैन।

हलिउडतर्फ फिल्म ‘थोर: रगनारोक’ यो फिल्म थोरको तेस्रो संस्करण हो। अमेरिकन सुपर हिरो फिल्मले मल्टिप्लेकसमा सो पाएको छ। मार्भल स्टुडियोजको प्रस्तुती रहेको फिल्मलाई टाकिया वेटिटीले निर्देशन गरेका हुन्। फिल्ममा क्रिस हेम्सवर्थ, टम हिडलस्टोन, क्लेट ब्लाडचेट, जेफ गोल्डबल्म, कार्ल उर्बन, मार्क रफालो लगायतको अभिनय रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?