बम बनाउने सामाग्री सहित भारतिय नागरिक पक्राउ

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, मंसिर १५, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बम बनाउने सामाग्री सहित भारतिय नागरिक पक्राउ

सारांश

  • धादिङ ,१५ मंसिर  खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
  • काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
  • विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो ।
धादिङ ,१५ मंसिर  खानीखोला प्रहरीले विस्फोटक पदार्थ सहित दुई भारतीय नागरिकलाई पक्राउ गरेको छ । काँकडभिट्टाबाट काठमाडौं आइरहेको ना७ख ४९७६ नम्बरको बसबाट दुई भारतीय नागरिकलाई पक्राउ गरेको हो । विशेष सूचनाका आधारमा उक्त बस खानतलासी गर्दा उनीहरुलाई विस्फोटक समाग्री सहित आवश्यक उपकरणपनि बरामद गरेको हो ।

बस जाँच गर्ने क्रममा झोलाभित्र लुकाइराखेको अवस्थामा प्रहरीले फेला पारेको हो । पक्राउ पर्नेमा भारत कोत्ताजाल निवासी २३ वर्षीय राजु विश्वास र पश्चिम बंगाल निवासी ३१ वर्षीय महमद फरमान रहेका छन् ।

 खानीखोलाका असइ दीपेन्द्र भट्टको कमाण्डमा रहेको प्रहरीले बस जाँच गर्ने क्रममा प्रेसर कुकर बम १ वटा, सकेट बम २ वटा र बम बनाउने सामाग्री बरामद गरिएको  धादिङ जिल्ला प्रहरी प्रमुख एसपी ध्रुवराज राउतले जानकारी दिए । उनले सबै सामान नष्ट गर्न गजुरीस्थित सेनालाई जिम्मा लगाउने तयारी भइरहेको छ ।

पक्राउ परेका भारतीयसँग थप अनुसन्धान भइरहेको राउतले बताए । उनले बस र बस चालकलाई समेत नियन्त्रणमा लिइ अनुसन्धान भइरहेको बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?