रेशम चौधरीलाई वीर अस्पतालको विशिष्ट कक्ष
सारांश
- काठमाडौं, २७ फागुन- स्वास्थ्यमा समस्या रेश चौधरीलाई काठमाडौं ल्याइएको छ ।
- जेलमा रहेका चौधरीलाई काठमाडौंको वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भैरहेको छ ।
- कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई हिजो शनिवार दिउसो हवाईजहा मार्फत केन्द्रीय कारागार काठमाडौं पठाइएको जानकारी दिए ।
काठमाडौं, २७ फागुन- स्वास्थ्यमा समस्या रेश चौधरीलाई काठमाडौं ल्याइएको छ । जेलमा रहेका चौधरीलाई काठमाडौंको वीर अस्पतालको विशिष्ट कक्षमा उपचार भैरहेको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी गोविन्दप्रसाद रिजालले चौधरीलाई हिजो शनिवार दिउसो हवाईजहा मार्फत केन्द्रीय कारागार काठमाडौं पठाइएको जानकारी दिए ।
केही दिनदेखि अनुसनमा बसेका चौधरीको स्वास्थ्यमा समस्या देखिएपछि थप उपचारका लागि सेती अञ्चल अस्पताल धनगढीले काठमाडौँ सिफारिस गरेपछि वीर अस्पताल पठाइएको हो ।
कैलाली कारागारमा रेशमसहित टीकापुर घटनामा संलग्न रहेका २४ जना अभियुक्त अनशनमा बसेका थिए ।
चौधरी कैलाली निर्वाचन क्षेत्र नं १मा राष्ट्रिय जनता पार्टीका तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए । चौधरीसहित टीकापुर घटनाका अभियुक्त २४ जनाले निर्वाचित सांसद चौधरीलाई विजयीको प्रमाणपत्र उपलब्ध गराई शपथ ग्रहणको व्यवस्था मिलाउनु पर्ने, थरुहटको मागलाई सम्बोधन गर्नु पर्नेलगायतका माग राखेर कैलाली कारागारमा अनशन थालेका थिए ।
यसअघि सर्वोच्च अदालतबाट रिटमार्फत आदेश ल्याउँदै विजयी प्रमाणपत्र लिएर सपथमा उपस्थित हुने कोसिस असफल भएपछि चौधरीले जिल्ला अदालत कैलालीमा फागुन १४ गते आत्मसमर्पण गरेका थिए।
ParsuRam Sapkota
k ko hospital ho r….?
sida goli thoknu na aaslai ….
संघर्ष शेर्पा गोले
Good