भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण

Shikharkhabar Shikharkhabar
|
सोमबार, माघ २१, २०७५
|
|
४० पटक हेरिएको
Shares
भ्रामक प्रचारप्रति टानको ध्यानाकर्षण

सारांश

  • काठमाडौँ, २१ माघ , पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
  • टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।
  • “विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्र्योल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम नेपाल भ्रमण वर्षलाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ” विज्ञप्तिमा भनिएको छ ।

काठमाडौँ, २१ माघ , पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सी एशोसिएशन अफ नेपाल (टान) ले केही अन्तर्राष्ट्रिय सञ्चार माध्यमले पदयात्रा तथा पर्वतारोहण र उद्धारसम्बन्धी भ्रामक समाचार सम्प्रेषण गरेकामा आफ्नो गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।

टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षको कार्यक्रमलाई नै प्रभावित तुल्याउने गरी भइरहेको अनर्गल प्रचारबाजीले समग्र पर्यटन क्षेत्रलाई असर पुग्ने भन्दै सम्पूर्ण राष्ट्रिय सञ्चार माध्यमलाई देशको पर्यटनको हितमा समाचार सम्प्रेषण गर्न आग्रह गर्नुभएको छ ।

“विगतमा सरकारबाट यस सम्बन्धमा सबै प्रकारको निक्र्योल भइसकेको अवस्थामा देशको गौरवमय कार्यक्रम नेपाल भ्रमण वर्षलाई नै विफल बनाउन केही शक्ति अनर्गल प्रचारप्रसारमा लागेको देखिन्छ, यसले पर्यटन क्षेत्रमा नकारात्मक असर पारेको छ” विज्ञप्तिमा भनिएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले ‘फेक रेस्क्यु’ सन्दर्भमा सत्यतथ्य छानबिन गर्न एक कार्यदल गठन गरी छानबिनपश्चात प्रतिवेदन समेत बुझाइसकेको छ ।

सोही प्रतिवेदनका आधारमा मन्त्रालयले पदयात्रा, पर्वतारोहण तथा अन्य साहसिक पर्यटकीय क्रियाकलापमा पर्यटकलाई पर्नसक्ने प्राकृतिक वा अन्य विपत्तिबाट हुने क्षतिलाई न्यूनीकरण गरी खोज उद्धार तथा उपचार कार्यलाई सुव्यवस्थित गर्न “पर्यटन खोज उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि –२०७५” कार्यान्वयन गर्न एक कार्यदल गठन गरी उक्त कार्यदलले काम समेत अघि बढाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
‘क्वालिटी इज दि बेस्ट फुड अराउन्ड’को थेममा खुल्यो वार्बल लाउन्ज एण्ड रेष्टुरेन्ट
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
उदयपुर गोल्डकपमा हात्ती छिरेर अड्कियो पुच्छर
पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या
पूर्व प्रेमीद्वारा एकल विवाहित युवतीको गोली हानी हत्या
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
स्ववियु निर्वाचन : तडकभडक बिना प्रचारप्रसार
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
छबि विरुद्ध शिल्पाको प्रहरीमा उजुरी, ओझामाथि घरेलु हिंसाको आरोप
संसदमा उठ्याे गृहमन्त्री थापाको राजीनामा माग
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
लालबाबु पण्डितको निशानामा रिपोर्ट बुझाएर खल्ती भर्ने एनजीओ
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
काठमाडौँ उपत्यकाका ४ ठूला आइसोलेसन केन्द्र
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
कर्मचारीको विदेश भ्रमणमै दुई अर्ब स्वाहा, दर्जनौं टोली विदेशमा मस्त
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने
साहित्यकार दीक्षितको अन्त्येष्टि राष्ट्रिय सम्मानका साथ गरिने