आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र

Shikharkhabar Shikharkhabar
|
आइतबार, फाल्गुन २७, २०७४
|
|
२२ पटक हेरिएको
Shares
आज दुई तिहाई विश्वासको मत लिंदै, ओली सबैभन्दा शक्तिशाली प्रधानमन्त्री बन्दै, विपक्षमा कांग्रेस मात्र

सारांश

  • काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् ।
  • उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ ।
  •  यसरी हेर्दा ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् ।

काठमाडौं, २७ फागुन- प्रधानमन्त्री केपी शर्मा ओलीले आज आइतबार प्रतिनिधिसभाबाट विश्वासको मत लिंदैछन् । उनले दुईतिहाइभन्दा बढी मत पाउने निश्चित भएको छ । यसरी हेर्दा ओली नेपालको संसदीय इतिहासमा शक्तिशाली प्रधानमन्त्री हुनेछन् ।

प्रतिनिधिसभाको आइतबार बस्ने दोस्रो बैठकमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि प्रस्ताव राखेपछि छलफल सहित पक्ष र विपक्षमा मतदान हुनेछ।

राष्ट्रिय मान्यता पाएका दलमध्ये नेपाली कांग्रेस मात्र प्रतिपक्षमा देखिएको छ । अन्य सबै दलले ओलीलाई मत दिने बताइसकेका छन् । राजनीतिक समीकरण अनुसार ओलीको पक्षमा २ सय ९ मत पर्ने देखिएको छ।

नेपाल मजदुर किसान पार्टीले पक्षमा मतदान गर्ने सम्भावना छ । तर, निर्णय भने गरिसकेको छैन।
२७५ सदस्यीय प्रतिनिधिसभामा प्रधानमन्त्रीको पक्षमा २१० मत खसे त्यो कुल संख्याको ७६।३६ प्रतिशत हुनेछ । नयाँ शक्ति पार्टी पनि विपक्षमा नै उभिने भएको छ । तर सो दलका एकमात्र सांसद डा। बाबुराम भट्टराई विदेश भ्रमणबाट आइतबार साँझमात्रै स्वदेश फर्कंदै भएकाले उनी मतदानमा सहभागी हुने छैनन् ।

सरकारको पक्षमा उभिएका दल
एमाले १२१
माओवादी केन्द्र ५३
राष्टिय जनता पार्टी १६
संघीय समाजवादी फोरम १६
राष्टिय जनमोर्चा १
राष्टिय प्रजातन्त्र पार्टी १
स्वतन्त्र (छक्कबहादुर लामा) १
जम्मा २०९
खुल्न बाँकी
नेपाल मजदुर किसान पार्टी १
विपक्षमा
कांग्रेस ६३,
नयाँ शक्ति १

प्रतिक्रिया

7 कमेन्ट

    Comment Author

    Ram Rai

    अति राम्राे।

    Comment Author

    Prabin Sharma

    सफल ता काे कामन हाे सुभकानछ

    Comment Author

    Bhakta Gurung

    Couress ko ruwabasi chaleko xa bhanna suninxani!!

    Comment Author

    Indu Timilshina

    काम गरेर देखाउनु होला अनि हुन्छ 1/4को मत को कदर

    Comment Author

    Amrit Rai

    Kehi farak parne wala chhaina

    Comment Author

    Yadab Giri

    भैगो त

    Comment Author

    Hv Sunar

    Nice

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 7
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
एेतिहासीक भेटमा किमको प्रश्नः यहाँ आइपुग्न किन यति मुस्किल भयो?
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
संविधान कार्यान्वयनको ठोस आधार तयारः नेम्वाङ
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
कांग्रेस भेलामा नेतृत्व परिवर्तनको गुञ्जन
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने  अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा  व्यावसाय बचाउ सात दिने महाअभियान
भोलिबाटै सुरु हुँदै न्याब-एसोसिएसनको सात दिने अटोमोटिभ व्यावसाय प्रबर्द्धन तथा व्यावसाय बचाउ सात दिने महाअभियान
नेवार समूदायले आज पनि भाइटीका (किजापूजा) गर्दै
यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने
यस वर्षको मनसुनमा सरदर भन्दा कम वर्षा हुने
जघन्य अपराध रोक्नका लागि सक्रिय हुन कार्यवाहक प्रधानमन्त्री पोखरेलको निर्देशन !
Glory Casino Bangladesh: Play On-line And Win In Official Site
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
सत्यनिरुपण विधेयकः द्वन्द्वका दोषीलाई सजाय नहुने
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?
किन बढ्दैछ अस्ट्रेलियामा नेपाली विद्यार्थीको आत्महत्या ?

तपाईंले छुटाउनुभयो कि?