यूएस बाङ्ला एयरवेजले ७० यात्रु लिएर आएको खुलासा (हेर्नुहोस् ४ तस्बिरमा)
सारांश
- काठमाडौं ।
- ।
- त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अघि मात्रै दुर्घटनामा परेकाे यूएस बाङ्ला एयरवेजको जहाजले बंगलादेशबाट ७० यात्रु लिएर अाएकाे खुलेकाे छ ।
काठमाडौं । । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा केही समय अघि मात्रै दुर्घटनामा परेकाे यूएस बाङ्ला एयरवेजको जहाजले बंगलादेशबाट ७० यात्रु लिएर अाएकाे खुलेकाे छ ।

जहाजमा अहिले आगलागी भइरहेको छ । बम्बाडियर–ड्यास क्यु ४०० सिरिजको जहाज १५ मिनेटअघि धावनमार्गबाट चिप्लिएर दुर्घटनामा परेको हो । जहाज धावनमार्गबाट चिप्लिएर पूर्वपट्टि दुर्घटनामा परेको हो ।

ठूलो आवाजसहित जहाज दुर्घटनामा परेको पेप्सीकोलाका स्थानीयले बताएका छन् । जहाजमा ठ्याक्कै कति यात्रु थिए र उनीहरूको अवस्था थाहा नभइसकेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिए ।

दमकलको सहायताले जहाजको आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया