९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु

Shikharkhabar Shikharkhabar
|
शनिबार, मंसिर २३, २०७४
|
|
३३ पटक हेरिएको
Shares
९० प्रतिशत केन्द्रमा मतदान राम्रो : इयु

सारांश

  • काठमाडौं,मंसिर २३ – युरोपियन युनियनको निर्वाचन पर्यवेक्षणले ९० प्रतिशत मतदान केन्द्रमा मतदान राम्रो भएको देखाएको छ ।
  • इयुको निर्वाचन पर्यवेक्षण मिसनले ११ प्रतिशत मतदान केन्द्रमा भने मतदान कार्य नराम्रो वा धेरै नराम्रो रहेको मूल्यांकन गरेको छ ।
  • कञ्चनपुरमा इयुलाई पर्यवेक्षण गर्न दिइएको थिएन ।

काठमाडौं,मंसिर २३ – युरोपियन युनियनको निर्वाचन पर्यवेक्षणले ९० प्रतिशत मतदान केन्द्रमा मतदान राम्रो भएको देखाएको छ । इयुको निर्वाचन पर्यवेक्षण मिसनले ११ प्रतिशत मतदान केन्द्रमा भने मतदान कार्य नराम्रो वा धेरै नराम्रो रहेको मूल्यांकन गरेको छ ।

कञ्चनपुरमा इयुलाई पर्यवेक्षण गर्न दिइएको थिएन । त्यसलै मिसनले ११ प्रतिशत मतदान केन्द्रमा मतदानको काम धेरै नराम्रो भएको उल्लेख गरेको हो ।

यस्तै चुनावले भेला हुने र अभिव्यक्तिको स्वतन्त्रता जस्ता राजनीतिक स्वतन्त्रताहरू चुनाव प्रचारप्रसारका क्रममा भएका हिंसात्मक आक्रमणहरूमाथि हावी भएको देखाएको बताएको छ ।

निर्वाचन आयोग, नेपालले अत्यन्त छोटो समयसीमाभित्र निर्वाचन सम्बन्धी बन्दोबस्त मिलाउने कामहरू सफलतापूर्वक सम्पन्न गरेको भए पनि, आयोगको काममा पारदर्शिताको उल्लेख्य अभाव रहेको र यसले निर्वाचन प्रक्रियालाई प्रभावित पारेको पनि इयु इओएमको टिप्पणी रहेको छ ।

केन्द्रीय स्तरमा राजनीतिक दल, नागरिक समाज र पर्यवेक्षकहरूसँग नियमित रूपमा परामर्श गर्ने कुनै संयन्त्र छैन । इयु इओएमले खासगरी मतपत्रको मिलानसँग सम्बन्धित कार्यविधिगत कमजोरी पारदर्शिताका लागि अहितकर रहेको उल्लेख गरेको छ ।

काठमाडौँमा मिसनको प्रारम्भिक वक्तव्य प्रस्तुत गर्दै इयुका प्रमुख पर्यवेक्षक जेल्याना जोभ्कोले भन्नुभयोः “प्रतिनिधि सभा र प्रदेश सभाका लागि भएको २०७४ को निर्वाचन २०७२ सालको संविधान कार्यान्वयनमा एउटा प्रमुख कोसेढुंगा रहेको छ । निर्वाचन प्रक्रियालाई विफल बनाउने उद्देश्यले गरिएका हिंसाका बाबजुद, निर्वाचनका दुवै दिनमा मतदाताहरू अविचलित रहेको देखियो । बरु, देशैभर दशौँ लाख मानिसहरू शान्ति, स्थायित्व र समृद्ध नेपालका लागि आफ्नो मतदान गर्न गए ।”

चुनाव सम्बन्धी कार्यमा खटिएका निर्वाचन अधिकारी र सुरक्षाकर्मीसमेत कम्तीमा पाँच लाख मानिसहरूलाई मतदान गर्ने अवसरबाट वञ्चित गरेर निर्वाचनका क्रममा मतदानको अधिकार ठूलो मात्रामा सीमित गरिएकोतर्फ इयु इओएमले जोड दिएको छ ।

मंसिर १० र २१ गते गरी १०० भन्दा बढी इयु पर्यवेक्षकहरूले सबै सात प्रदेशका ६१ जिल्लाका ६३३ मतदान केन्द्रमा मतदान प्रारम्भ, मतदान कार्य र मतदान समाप्ति प्रक्रियाको अवलोकन गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा
प्रचारप्रसार र संरक्षणको अभावले सीता गुफा ओझेलमा
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
इमरान खान र तत्कालीन विदेशमन्त्री शाह महमूद कुरैशीलाई १०-१० वर्षको जेल सजायको फैसला
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
स्वच्छ निर्वाचन – लोकतन्त्रको आधार , सुशासन र समृद्धिका लागि वामपन्थी सरकार ! भन्ने नराका साथ हेर्नुहोस घोषणा पत्र को पूर्ण पाठ !
दैलेखमा दुई वटा भूकम्पको धक्का
दैलेखमा दुई वटा भूकम्पको धक्का
आज भारतको ७० औँ गणतन्त्र दिवस, नेपालबाट शुभकामनाको ओइरो
आज भारतको ७० औँ गणतन्त्र दिवस, नेपालबाट शुभकामनाको ओइरो
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
एनआरएनए अध्यक्षमा आरके शर्मालाई समर्थन गर्दै ७ उपाध्यक्षका उम्मेदवार सार्वजनिक
भोलिबाट काठमाडौं उपत्यकामा जोररविजोर प्रणाली हट्ने
भोलिबाट काठमाडौं उपत्यकामा जोररविजोर प्रणाली हट्ने
इपिएल विजेतालाई ५० लाख इनाम
इपिएल विजेतालाई ५० लाख इनाम
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
चिडियाखानामा एक युवक सिंहको अगाडि हाम्फाले,तैपनि सिंहले केही गरेन!
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा
हिन्दुराष्ट्र र राजसंस्थाको एजेण्डालाई अब छोडिन्न : कमल थापा

तपाईंले छुटाउनुभयो कि?