जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र १, २०७४
|
|
२८ पटक हेरिएको
Shares
जहाज दुर्घटनामा गुमेकी छोरीको शव आमाले नपाउँदा …

सारांश

  • काठमाडौं, १ चैत -‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ ।
  • नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् ।
  • सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् ।

काठमाडौं, १ चैत -‘मैले निकै दुःखले हुर्काएको छोरीको शव आफ्नै हातले दागबत्ती दिएर जलाउन पाउनुपर्छ । नत्र मलाई पनि प्यारी छोरीको शवसँगै जलाइदिए हुन्छ,’ बुधबार महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पतालमा भेटिएकी उर्मिला प्रधानले भनिन् । सम्बन्ध विच्छेद गरेर छुट्टै बसेका श्रीमान् छोरी श्वेताको मृत्युपछि शव दाबी गर्न आएपछि उर्मिला निकै भाव विह्वल भइन् ।आजको राजधानीमा दैनिकमा खबर छ ।

गत सोमबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भएको यूएस बंगला एयरलायन्सको विमान दुर्घटनामा परी २४ वर्षीया डाक्टर छोरी गुमाएकी उर्मिला प्रधान पोस्ट्मार्टममा राखिएको छोरीको शवको सम्पूर्ण पहिचानसहित हुलिया विवरण दिएर शव बुझ्न अस्पताल पुगेकी थिइन् । ५८ वर्षीया उर्मिला निकै विक्षिप्त अवस्थामा थिइन् । उनी बुधबार दिनभर अस्पताल परिसरमा छिनमै रुने, कराउने र छोरी सम्झिएर बरबराउने  गरिरहेकी थिइन् ।

उर्मिला विगत दुई दिनदेखि मृतक छोरी श्वेता थापाको शव बुझ्न त्रिवि शिक्षण अस्पतालको फोरेन्सिक ल्याब परिसरमा धर्ना दिएर बसेकी छन् । तर, बुधबार एकाएक सम्बन्ध विच्छेद गरेर बसेका (पूर्वश्रीमान्) गजेन्द्र थापा छोरीको शव दाबी गर्न आएपछि उर्मिला आश्चर्यचकित भइन् ।

नुवाकोटको विदुर नगरपालिकास्थित थुम्काका गजेन्द्र थापासँग उर्मिलाको दशकअघि सम्बन्ध विच्छेद भएको थियो । सम्बन्धविच्छेद भएदेखि नै गजेन्द्र थापा छोरी श्वेतालाई उर्मिलासँगै छाडेर अर्की श्रीमती लिएर छुट्टै बस्दै आएका थिए । श्वेतालाई हुर्काउने र पढाउने सबै काम आमा उर्मिलाले नै गरेकी थिइन् ।

उनले आप्mनी छोरीलाई डाक्टर बनाउन नेपाल राष्ट्रिय वाणिज्य बैंकको ललितपुर शाखाबाट २० लाख रुपैयाँको शैक्षिक कर्जासमेत लिएको बताइन् । सम्बन्ध विच्छेद भइसकेका श्रीमान्ले गरेको दाबीमाथि प्रश्न गर्दै राजधानीसँग शर्मिलाले भनिन्, ‘मैले छोरी श्वेतालाई हुर्काएर ठूलो बनाएँ ।

दुःख गरेर पढाएँ । तर, अहिले आएर छोरीको शवमा दाबी गर्दै छ ।’ कानुनी रूपमै सम्बन्ध विच्छेद गरेर अहिले ललितपुरको गोदावरी टौखेलमा माइतीहरूसँगै छुट्टै घर बनाएर बस्दै आएकी उर्मिलाले छोरीलाई डाक्टर बनाउन बंगलादेशको सिलेटस्थित जलालाबादको रागिव रवैया मेडिकल कलेजलाई ३८ हजार डलर बुझाएकी थिइन् । त्यहाँ होस्टेलमा बसेबापत थप ५ सय डलर तिर्नुपर्ने थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?