सोभियत रुसका युवतीद्वारा भगवान् रामको भजन कीर्तन !
सारांश
- धनगढी, ५ चैत, कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।
- रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।
- भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।
धनगढी, ५ चैत, कैलाली जिल्लाको गोदावरी धाममा सोभियत रुसबाट आएका भनिएका तीनजना हिन्दू युवती भजन कीर्तनसहित भगवान् रामको साधनामा लागेका छन् ।
रामनवमी पर्वको नवरात्र शुरु भएको अवसरमा आइतबारदेखि पहेँलो बस्त्रको पहिरनमा उनीहरु गोदावरी धाममा पुगेर साधनारत रहेका हुन् ।
भारतको वनारस हुँदै गोदावरी धाम पुगेका ती युवती हरिद्वारको जुना अखडाबाट दीक्षित भएको बताइएको छ ।
तीनमध्ये एकजना गाँजा भाङका अम्मली रहेको र उनीहरु गोदावरी धामको जंगलको बीचमा दैनिक तीन घण्टासम्म भजनकीर्तन गरेर बसेको पाइएको प्रत्यक्षदर्शी चित्रराज भट्टले बताउनुभयो ।
रुसका युवतीले हिन्दू धर्मप्रति आस्थावान भई धार्मिक गतिविधिमा सहभागी भएबाट स्थानीय बासिन्दामा कौतुहलता जगाइदिएको छ ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया