शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र ७, २०७४
|
|
१८ पटक हेरिएको
Shares
शक्तिशाली आँधीका कारण ३७ जनाको मृत्यु !

सारांश

  • आन्तानानारिभो, मदागस्कर, ६ चैत ,अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।
  • सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ ।
  • दुवै दिनको आँधीका कारण करीब ३५ हजार मानिस घरबारविहीन बनेका छन् ।

आन्तानानारिभो, मदागस्कर, ६ चैत ,अफ्रिकी मुलुक मदागस्करमा सोमबार राति आएको आँधीका कारण कम्तिमा २० जनाको मृत्यु भएको यहाँका अधिकारीले बताएका छन् ।

सुरक्षा अधिकारीले भनेका छन्,सोमबारको आँधीमा कम्तिमा २० जना र आइतबारको आँधीमा परी कम्तिमा १७ जनाको मृत्यु भएको छ । दुवै दिनको आँधीका कारण करीब ३५ हजार मानिस घरबारविहीन बनेका छन् ।

इलियाकिम नाम दिइएको आँधी मदागस्करको मासोला प्रायद्वीपबाट केही दिन पहिले शुरु भएको भएपनि विगत ४८ घण्टामा यसले निकै प्रभाव पारेको थियो ।

आँधीको प्रभाव क्रमशः शान्त बन्दै गएको यहाँको मौसम विज्ञान अध्ययन विभागले बताएको छ ।

विश्वको गरीब मुलुकमध्येको मदागस्करमा चक्रवत आँधी तथा उष्णदेशीय तुफानका कारण हजारौँ मानिस प्रभावित हुने गरेका छन् ।

यही बर्षको जनवरीमा आएको आभा नामक आँधीका कारण अफ्रिकी उक्त मुलुकमा ५१ जनाको निधन भएको थियो भने गत बर्षको मार्चमा पनि ७८ जनाले ज्यान गुमाएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज
धुलिखेललाई कृषिमा जापानी सीप र प्रविधि भित्र्याउन सहज
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
घोडा चढेर देशकै अग्लो हिमाल पुगे उत्तर कोरियाली नेता किम
विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे
विमान दुर्घटनास्थलमा सेना र प्रहरीकाे टाेली पुग्याे
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
वैदेशिक रोजगारी: पन्ध्र वर्षमा १४ हजार बढीको मृत्यु
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
यी हुन् मेलम्ची आयोजनाको नाममा अाएका गाडी चढ्नेहरु, मन्त्री मगरले लिइन् एक्शन !
एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम
एक आमाले जन्माइन् तिम्ल्याहा सन्तान, तीनै बच्चाको तौल कम
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
मोर्चामा आवद्ध दलहरुले आज समर्थन फिर्ता लिएको संसदलाई जानकारी गराउने
देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा
देउवालाई हटाउन पौडेल पक्षको भेला प्रकाशमानको घरमा
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
अटो रिक्सा दुर्घटना हुँदा तीन जनाको मृत्यु
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?
नेकपा विद्यार्थी संगठनको एकता अन्तिम चरणमा : कसले मार्ला बाजी ?

तपाईंले छुटाउनुभयो कि?