‘सुटर’ उमेश पासवान सर्लाहीबाट समातिए
सारांश
- काठमाडौं– प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका उमेश पासवान सर्लाहीबाट पक्राउ परेका छन् ।
- तराईमा कम्तीमा ५ जनाको गोली हानी हत्यामा संलग्न सुटर पासवानलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको हो ।
- रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरल मंगलबार पक्राउ गरेको हो ।
काठमाडौं– प्रहरीको ‘मोष्ट वान्टेड’ सूचीमा रहेका उमेश पासवान सर्लाहीबाट पक्राउ परेका छन् । तराईमा कम्तीमा ५ जनाको गोली हानी हत्यामा संलग्न सुटर पासवानलाई प्रहरीले तीन वर्षको प्रयासपछि पक्राउ गरेको हो ।
रुपन्देही, चितवन, सर्लाही लगायत जिल्लामा गोली हानी हत्या गर्ने पासवानलाई जिल्ला प्रहरी कार्यालय सर्लाही र इलाका प्रहरी कार्यालय हरिपुरल मंगलबार पक्राउ गरेको हो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका डिएसपी राजेश थापा र इन्सपेक्टर अनिल ठकुरी नेतृत्वको टोलीले उनलाई पक्राउ गरेको हो । सर्लाही प्रहरी प्रमुख मसाउद आलम खाँले पासवालबारे थप अनुसन्धान भइरहेको जानकारी दिए ।
हरिपुरमा तीन वर्षअघि गोली हानी उनले एक व्यक्तिको हत्या गरेका थिए । गोली प्रहारका एक दर्जन घटनामा उनी संलग्न रहेको प्रहरीले जनाएको छ ।
धम्काउदै पैसा माग्ने र पैसा नदिए उनले गोली हानी हत्या गर्दै आएका थिए ।
प्रतिक्रिया