राजापालाई तान्दै ओली सरकार

Shikharkhabar Shikharkhabar
|
बिहिबार, कार्तिक २८, २०७६
|
|
१९ पटक हेरिएको
Shares
राजापालाई तान्दै ओली सरकार

सारांश

  • प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टी नेपालको दोहोरो चरित्रप्रति असन्तुष्ट भएका छन् ।
  • सरकारमा सहभागी भएर प्रतिपक्षको भन्दा चर्को सरकारविरोधी गतिविधि गरेको भन्दै असन्तुष्ट भएका हुन् ।
  •  समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा रहेपनि उनको कार्यशैली विरोधको भन्दा चर्को हुनथालेको छ ।

प्रधानमन्त्री केपी शर्मा ओली समाजवादी पार्टी नेपालको दोहोरो चरित्रप्रति असन्तुष्ट भएका छन् । सरकारमा सहभागी भएर प्रतिपक्षको भन्दा चर्को सरकारविरोधी गतिविधि गरेको भन्दै असन्तुष्ट भएका हुन् । समाजवादीका अध्यक्ष उपेन्द्र यादव उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्रीका रुपमा सरकारमा रहेपनि उनको कार्यशैली विरोधको भन्दा चर्को हुनथालेको छ ।

संविधान दिवसमा उनले विरोधको गतिविधि गर्न खोजेपछि ओलीको चेतावनीलगत्तै अमेरिका पुगेका थिए । कालापानीलाई भारतले नयाँ नक्शामा समेत उल्लेख गरेपछि आगामी कदमबारे बसेको सर्वदलीय बैठकमा उपेन्द्र यादव अनुपस्थित भए । उक्त घटनापछि ओली झन् असन्तुष्ट भएको बुझिएको छ ।

सर्वदलीय बैठकमा यादव अनुपस्थित भएपनि राष्ट्रिय जनता पार्टी अध्यक्ष मण्डलका नेताहरु सहभागी भए । महन्थ ठाकुर, महेन्द्र राय यादवलगायत नेताहरु सहभागी हुनुलाई अर्थपूर्ण मानिएको छ । ओली मन्त्रिमण्डल परिवर्तनको तयारीमा भइरहँदा समाजवादीले सरकार छाडे पनि छाडोस् भन्ने पक्षमा छन् । उनले राजपालाई नजिक्याउने प्रयास गरेका छन् ।

राजपा सरकारमा जानेबारे आन्तरिक परामर्श पनि भइरहेको छ । कुनैबेला तत्कालिन एमालेमा रहेका महेन्द्र राय यादव ओलीप्रति लचिलो बनेका छन् । उनैले राजपालाई सत्तारुढ दल नेकपासँग नजिक बनाउने पहल गरिरहेको बुझिएको छ । राजपालाई सरकारमा ल्याएर समाजवादी गए जाओस भन्ने रणनीतिले नयाँ राजनीतिक सम्भावना समेत बढाएको छ ।

समाजवादी र राजपाबीच एकताको कुराकानी भइरहेको छ । तर, राजपाका नेताहरु उपेन्द्र यादवसँग मिलेर जाने पक्षमा छैनन् । त्यसमाथि डा. बाबुराम भट्टराईको कार्यशैलीप्रति अधिकांश राजपा नेताहरु सन्तुष्ट छैनन् । एकता भन्दा पनि राजपा सरकारतर्फ पाइला सार्दैछ । समाजवादी सरकारबाट बाहिर आउने माहोल तयार हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?