भाडा खाने घर

Shikharkhabar Shikharkhabar
|
बिहिबार, चैत्र ८, २०७४
|
|
१९ पटक हेरिएको
Shares
भाडा खाने घर

सारांश

  • विजय तिमिल्सिना मान्छेहरु असनलाई शहर भन्न थालेपछि इन्द्रचोक छिर्ने फराकिलो बाटो बन्यो ।
  • त्यही बाटोलाई नयाँ सडक भन्न थाले ।
  • आजभोलि हाम्रा छोराछोरी यसलाई न्युरोड भन्छन् ।

विजय तिमिल्सिना

मान्छेहरु असनलाई शहर भन्न थालेपछि इन्द्रचोक छिर्ने फराकिलो बाटो बन्यो । त्यही बाटोलाई नयाँ सडक भन्न थाले । आजभोलि हाम्रा छोराछोरी यसलाई न्युरोड भन्छन् । यही काँठमा हुर्केको फिरन्तेलाई अझै पनि यो शहर जस्तो लाग्दैन ।

मान्छे बढे, खेत मासिए । आधुनिक घर बने, ससाना खुजुरा पसलहरु ठूलाठूला महलमा खुल्न थाले । रत्नपार्कको चुता र खुवा पसल भोटाहिटीतिर सरे जस्तै मान्छे बसाई सर्न थाले । आआफ्नो भविष्य नामक जिनिसलाई बनाउने निहुँमा । मन्त्रालय फुटाए जस्तै टुँडिखेललाई पछि सैनिक मञ्च र खुला मञ्च गरी तीन चिरा बनाइयो र हाल खुलामञ्चमा पुरानो बसपार्क सारिएको छ । आजभोलि जोड्ने भन्दा फुटाउनेकै लर्को छ । हजुर बुवाले बनाएको एउटा त्यही मूलढोकालाई बा र काकाले दुईवटा बनाए जस्तै गरी काकाका छोरा र फिरन्तेले त्यही ढोकालाई चिराचिरा पारे । मात्रै तला थाप्ने ढोका छेउँबाटै भर्याङ थपेर सात तले र नौ तले भुकम्पीय जोखिमयुक्त धरापको निर्माण भयो । धान खाने खेत हजुर बाले बा र काकाको ब्रतवन्ध र बिहेसँग साट्नु भयो । अलि अलि बचेको खेत बा र काकाले टिभी, मोटरसाइकलसँग साटे । फेरि बा र काकाले फिरन्तेको ब्रतवन्ध र बिहेसँग हजुरबाले साटे जस्तै गरी भएको पूरै खेतसँग साटे । अनि बचेको एउटा घरलाई चिरा पार्ने बाहेक फिरन्तेसँग अरु केही उपाय नै रहेन ।

हजुरबा र बाले बेचेका खेत पनि राजनीतिक पार्टी, सरकारका मन्त्रालय अनि कर्मचारीका गुट जस्तै गरी चिरा पारेर दुई आना र चार आनामा परिणत हुन थाल्यो । राजनीतिमा जस्तै गरी हाम्रा खेतमा पनि माफियाको राज हुन थाल्यो । मान्छेले कहाँबाट ल्याए कुन्नि ? पैसो जति भन्यो त्यतिमै घडेरी पो किन्न थाले । मूर्दा लासझैं केही थाहा नपाए जस्तो गरी सरकार माफियालाई साथ दिँदै जथाभावी बस्तीको निर्माणको सहयात्री भयो । आजसम्म पनि यो क्रियाकलाप जारी छ । यो त जगजाहेरै छ । आजभोलि लाभांश कर, कित्ताकाट लगातका बिभिन्न बाटो देखाएर सोझा साझालाई रनभुल्लमा पार्ने नौटङ्कीको प्रवचन हुन थालेको छ रे । खेत त मासी हाल्यो । घरको कोठा गनेर आम्दानी गन्ने दिन फिरन्तेको आयो । देशैभरिबाट आएकालाई लजिङको व्यवस्था गरेपछि मात्रै फिरन्तेको फुडिङ हुने दिन आयो । एउटा कोठाको भाडा ५ हजारदेखि ८ हजारसम्म तिर्न मान्छे तयार छन् । गुणस्तरहीन जारको पानी किन्न विवश बनाएर भाडा असुल्नुको विकल्प फिरन्तेसँग रहेन । पापी पेटको चारा जुटाउने उपाय । यसो भन्दै गर्दा बरु गर्व हुन थालेको छ, हजुरबा र बाले भन्दा केही पैसो आम्दानी गरे शहरभरि खुलेका बैंकलाई २ देखि ४ प्रतिशत ब्याजदरमा ऋण लाउन पाइएको छ ।

भाले बास्ने हाम्रो शहरमा तन्दुरी बन्न थालेदेखि छोयला र कचिला बिक्न छोड्यो । खसी र रांगालाई पोलेर सेकुवा बनाउन थालेपछि त झन जिब्रो स्वादिलो हुँदै गयो । घरमै बनाएको लोकलभन्दा सिसीको झोलले पनि जिब्रोलाई अझै स्वादिलो बनाइदियो । छोरो आजभोलि त्यतातिर लागेको छ । मोटरसाइकल, तरुनी, नगरकोट, ककनी, भट्टी र रेष्टुरेण्ट उसलाई तीर्थ भएको छ । बिहान पूजामा बजाएको शंख र घण्टीले उसलाई डिस्टर्व गर्छ । बरु उसले बजाएको ड्रम, गिटारले पो बजार पाउँदै छ । देश विदेशमा यसको चर्चा छ, माग छ । भोले बाबाको नाममा भन्दा प्रसादमा नयाँ पुस्ता दङ्ग छ । शरीरभरि मयल बोकेर डुङडुङ गन्हाउनेलाई छोप्ने अत्तर छरेर दरबार मार्गमा खुलेका नुनदेखि सुनसम्म पाइने ठग पसलबाट हजारौंको सपिङ गर्ने हैसियतमा पुगेको छ । बा आमाका कुराभन्दा कानमा हालेको हेडफोनको कुरा बढी सुन्ने छोरोको प्रगति अनि मोबाइलमा घोत्लिरहेकी छोरीलाई देखेर अझै दङ्ग पर्नुछ । कितावमा भन्दा बढी पढाई मोबाइलमा हुने जमाना आएको भनेर बुझ्नुको विकल्प नरहेकै हो कि क्या हो ? फिरन्ते गम खान्छ ।

समस्या नै समस्या छन्, केही मतलव छैन । प्रशस्त समय छ, फुर्सद पनि छैन । के गर्ने के नगर्ने ? केही टुङ्गो लाउन सकेको छैन । खाली चिया पसलमा सडकदेखि सदनसम्मका बकम्फुसे छाँटको दैनिकी अरुको प्रगति र आफ्नो हविगत सोच्दासोच्दै मुजा परेको निधारको न छोरोलाई चिन्ता छ न छोरीले गुगलमा कहिल्यै सर्च गर्छे । श्वास धान्ने कोठा भाडाबाट ध्यान कहिल्यै अन्त जान नसेकोको यो अवस्थालाई न भारतले सहयोग गर्छ न चाइनाले नै । बरु उसको आफ्नै लक्ष्य छ । यो घर पनि हडप्ने र अझै व्यवसायिक बनाउने र झनै बढी भाडा असुल्ने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
प्रधानन्यायाधीशका लागि सिफारिस भएकाओमप्रकाश मिश्र विरुद्ध उजुरी माग गर्ने निर्णय
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
विचौलियाका कारण किसान मारमा, उपभोक्तासम्म पुग्दा पाँच ठाउँमा कमिशन !
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
इतिहासकै गर्भमा तुहिए ज्यामरुककोटका ऐतिहासिक सम्पदा
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
स्वतन्त्र सांसद यादव माओवादी नेताको हत्या अभियोगमा पक्राउ
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
अधिकारी दम्पतिले बिताएका कष्टदायी ती रातहरु
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
धर्म निरपेक्षताको आडमा धर्म परिवर्तनको निशानामा सनातन धर्म : अध्यक्ष थापा
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
कांग्रेसले भन्यो- प्रारम्भिक नतिजाले एमाले अत्तालियो
दलाई लामाको जन्मदिन मनाउन रोक
दलाई लामाको जन्मदिन मनाउन रोक
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
मन्त्रिपरिषदबाट राष्ट्रपति पौडेलको फ्रान्स, जर्मनी र इटालीको भ्रमण स्वीकृत
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा
निर्मलाका लागि न्याय माग्दै राष्ट्रपति भवनअगाडि नाराबाजी, युवाहरु प्रहरीको नियन्त्रणमा

तपाईंले छुटाउनुभयो कि?