र्इयू निर्वाचन प्रतिवेदनमाथि खनिए सांसद

Shikharkhabar Shikharkhabar
|
सोमबार, चैत्र १२, २०७४
|
|
३५ पटक हेरिएको
Shares
र्इयू निर्वाचन प्रतिवेदनमाथि खनिए सांसद

सारांश

  • काठमाडौँ, चैत १२ – प्रतिनिधिभसाको सोमबारको बैठकमा सांसदहरुले यूरोपेली संघ (इयू)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।
  • बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी र्इयूले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो ।
  • उहाँले भन्नुभयो, ‘कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन ।

काठमाडौँ, चैत १२ – प्रतिनिधिभसाको सोमबारको बैठकमा सांसदहरुले यूरोपेली संघ (इयू)को निर्वाचन पर्यवेक्षण प्रतिनिधिमण्डलद्वारा प्रस्तुत निर्वाचन प्रतिवेदनले सार्वभौम मुलुकमाथि हस्तक्षेप गरेको भन्दै आपत्ति जनाएका छन् ।

बैठकमा विशेष समय लिएर बोल्दै नेकपा एमालेका भीम रावलले नेपाली जनताको चाहनामा निर्माण भएको संविधानका प्रावधानमाथि प्रहार हुने गरी र्इयूले प्रतिवेदन जारी गरेको भन्दै आपत्ति जनाउनुभयो ।

उहाँले भन्नुभयो, ‘कुनै पनि देशमा यस्तो खालको हस्तक्षेप सह्य हँुदैन । नेपाल लोकतन्त्रमा विश्वास गर्ने राष्ट्र हो ।’

नेपाल अन्तरराष्ट्रिय सम्बन्ध, संयुक्त राष्ट्रसंघको वडापत्रमा उल्लेख भएअनुसार अन्तरराट्रियस्तरमा राम्रो सम्बन्ध राख्न चाहन्छ भन्दै उहाँले नेपालको संविधान समानुपातिक समावेशीताको दृष्टिकोणबाट कुनै पनि देशको भन्दा कम नरहेको दाबी गर्नुभयो ।

संविधानसभाबाट लेखिएको संविधानलाई समानुपातिक समावेशीताको अभ्यासद्वारा समृद्ध मुलुक बनाउने अभियानमा नेपाल रहेको बताउँँदै सांसद रावलले भन्नुभयो, ‘अप्ठ्यारोमा परेका बेलामा मित्र राष्ट्रहरुले हाम्रो देशमा सहयोग गर्न सक्नुहुन्छ तर, संविधान, सार्वभौमसत्तालाई आघात पु¥याउने काम गर्नु गलत हो ।’

बैठकमा नेपाली कांग्रेसका ज्ञानेन्द्रबहादुर कार्कीले सुनसरी क्षेत्र नम्बर ४ मा गएको शनिबार आगलागीबाट भएको क्षतिको बारेमा जानकारी गराउँदै तत्काल राहतका लागि सरकारको ध्यानाकर्षण गराउनुभयो । उहाँले विपद्मा जनताको जीवन र सम्पत्ति रक्षाका लागि विशेष व्यवस्था गर्न संसद्मार्फत सरकारसँग माग पनि गर्नुभयो ।

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले नेपाल सार्वभौम राष्ट्र भएको र आन्तरिक मामिलामा कसैले गरेको हस्तक्षेप सह्य नहुने बताउनुभयो । उहाँले इयूको निर्वाचन पर्यवेक्षण प्रतिवेदन अपमानजनक भएको पनि बताउनुभयो ।

राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्णले मधेशी, थारु र मुस्लिमलगायत अल्पसंख्यक जनता अझै विभेदमा रहेको बताउँदै समानुपातिक समावेशी व्यवस्थामा रहेका कमजोरी सच्याई कार्यान्वयनमा ल्याउनुपर्ने धारणा व्यक्त गर्नुभयो ।

संघीय समाजवादी फोरम नेपालका राजेन्द्रप्रसाद श्रेष्ठले नेपालले बाह्य हस्तक्षेप नस्वीकार्ने बताउनुभयो र नेपालको संविधान संघीयता, गणतन्त्र, र समानुपातिकको मामिला हिजोको भन्दा एक कदम अघि रहेको दाबी गर्नुभयो ।

नेपाली कांग्रेसका प्रदीप गिरीले संविधान जारीपछि नेपाल नयाँ युगमा प्रवेश गरेको बताउनुभयो । संविधान कार्यान्वयनमा आउने सबै खालका चुनौतीको सामना गर्नुपर्ने उहाँको भनार्इ थियो ।

माओवादी केन्द्रका शशी श्रेष्ठले मुलुकभर महिला हिंसाका घटना बढिरहेको भन्दै यस्ता खालका घटना नियन्त्रण गर्न देवानी र फौजदारी कानुनको प्रभावकारी कार्यान्वयन हुनुपर्ने विचार व्यक्त गर्नुभयो ।

सोही पार्टीका सुदन किरातीले सीमा क्षेत्रमा नेपालीले आवतजावत गर्दा भोग्नुपरिरहेका कष्टप्रति सरकारको ध्यानाकर्षण गर्नुभयो ।

एमालेका विरोध खतिवडाले पाकिस्तानी प्रधानमन्त्रीको नेपाल भ्रमणका विषयमा संसद्मा छलफल हुनुपर्ने बताउनुभयो । बैठकमा नियमापत्ति गर्दै उहाँले यो भनाइ राख्नुभएको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारत भ्रमण र मधेसको मुद्दा
भारत भ्रमण र मधेसको मुद्दा
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
अमिताभ बच्चनलाई ‘मधुशाला’ले बनायो आँसु झार्ने अवस्था
अपडेट- गोरखा २ मा यस्तो छ, बाबुराम र नारायणकाजीविचको प्रतिस्पर्धा
श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ
श्रीमती हत्या गर्ने १५ वर्षपछि पक्राउ
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
लेखनाथ सामुदायिक सेवा केन्द्रमा स्वागत एवम् विदाइ कार्यक्रम सम्पन्न
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
प्रदेशलाई प्रशासनिक खर्च कम गरी स्रोतको खोजी गर्न महतको सल्लाह
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
चितवनमा प्रत्यक्षतर्फको भन्दा समानुपातिक तर्फको बदर मत प्रतिशत बढी
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
बाल मन्दिरका जग्गा संरक्षण र उपयोग गराउन प्रधानमन्त्रीको निर्देशन
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
एमालेको केन्द्रीय कमिटी बैठकमा ११ वटा एजेण्डामा छलफल
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस
अर्थतन्त्र सुधार्नेबारे जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेस

तपाईंले छुटाउनुभयो कि?