राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो

Shikharkhabar Shikharkhabar
|
सोमबार, फाल्गुन २८, २०७४
|
|
४२ पटक हेरिएको
Shares
राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गियो

सारांश

  • काठमाडौं, २८ फागुन ।
  • नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएको छ ।
  • सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गो लगाएको हो ।

काठमाडौं, २८ फागुन । नेकपा एमालेले राष्ट्रियसभाको अध्यक्षमा उम्मेदवारको टुङ्गो लगाएको छ । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको शीर्ष नेताहरुको बैठकले राष्ट्रियसभा अध्यक्षमा गणेश तिमिल्सिनाको नाम टुङ्गो लगाएको हो ।

राष्ट्रिय सभाको अध्यक्षमा टुङ्गो लागेका तिमिल्सिना एमालेबाट पर्वतको जिल्ला सभापति भइसकेका व्यक्ति हुन् । उनी नेकपा एमालेको प्रदेश नम्बर ४ का सहसंयोजक पनि हुन् । उनी प्रदेश नं. ४ बाट एमालेबाट राष्ट्रियसभामा निर्वाचित भएका हुन् । यसअघि परशुराम मेघी गुरुङ, अनेरास्ववियुका पूर्वअध्यक्ष एवं एमाले केन्द्रीय सदस्य खिमलाल भट्टराईको नाम पनि राष्ट्रियसभा अध्यक्षका लागि चर्चामा थियो ।

वाम गठबन्धनको सहमतिअनुसार राष्ट्रियसभाको अध्यक्ष एमालेको भागमा परेको थियो । उक्त सहमति अनुसार तिमिल्सिना राष्ट्रियसभाका अध्यक्ष बन्ने पक्कापक्की भएको छ । एमाले उम्मेदवारलाई माओवादी लगायतका दलहरुको समर्थन रहनेछ । राष्ट्रियसभाको अध्यक्षको निर्वाचन बुधवार दिउँसो १ बजे हुँदैछ ।

आज मनोनयन
राष्ट्रियसभा अध्यक्ष पदका लागि आज मनोनयन दर्ता हुँदैछ । बिहान १० बजेदेखि दिउँसो १ बजेसम्मका लागि संसद भवनमा मनोनयन दर्ताको समय छुट्याइएको निर्वाचन आयोगले जनाएको छ ।

मनोनयन दर्ता गराएका उम्मेदवारको सूची आजै दिउँसो १ः३० बजे प्रकाशित गर्ने निर्वाचन कार्यतालिका रहेको संसद् सचिवालयका प्रवक्ता भरतराज गौतमले जानकारी दिए ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    BlonTamang Bahadurratna

    samabeshi yei hola

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
शिक्षक सेवा अायाेग: उत्तरपुस्तिकामा लेख्नुपर्ने नलेखेर याे के लेखेकाे?
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
यी हुन् बढुवा भएका सशस्त्रका पाँच एआइजी
भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
भारतमा टिकटकमाथि प्रतिबन्ध, चिनियाँ सामानको बहिस्कार अभियान जारी
अब बोलपत्र नेपालमा टेन्डरसम्बन्धि सम्पूर्ण सुचना
अब बोलपत्र नेपालमा टेन्डरसम्बन्धि सम्पूर्ण सुचना
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
उपकुलपतिका विषयमा थुप्रै उजुरी परेका छन्, छानबिन हुन्छ : प्रधानमन्त्री ओली
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
राष्ट्रियसभाद्वारा योगमाया आयुर्वेद विश्वविद्यालय विधेयक स्वीकृत
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
१४ वर्षमुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्रालयको निर्णय
रक्षामन्त्री हरिप्रसादले गरे जङ्गी अड्डाको निरीक्षण
रक्षामन्त्री हरिप्रसादले गरे जङ्गी अड्डाको निरीक्षण
विभिन्न भाषामा २७ कृतिको अनुवाद
विभिन्न भाषामा २७ कृतिको अनुवाद
विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो
विद्युतीय पुस्तकालयको लोकप्रियता बढ्दो

तपाईंले छुटाउनुभयो कि?