विपी कोईराला र पुष्पलालको जन्मघरको संरक्षण गरौँ : दिनानाथ शर्मा

Shikharkhabar Shikharkhabar
|
बुधबार, पौष २५, २०७५
|
|
२१ पटक हेरिएको
Shares
विपी कोईराला र पुष्पलालको जन्मघरको संरक्षण गरौँ : दिनानाथ शर्मा

सारांश

  • काठमाडौँ ।
  • सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले पहिलो जननिर्वाचित स्वर्गीय विवेश्वर प्रसाद कोइरालाको संग्राहलय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।
  • राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै शर्माले सुन्दरीजलस्थित विश्वेश्वर कोइरालाको संग्रहालय अव्यवस्थिगत र संग्रहविहिन रहेको  तथा पुष्पलालको रामेछापको भँगेरीस्थित  जन्मघर संरक्षणविहिन भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

काठमाडौँ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका राष्ट्रियसभाका संसदीय दलका नेता दिनानाथ शर्माले पहिलो जननिर्वाचित स्वर्गीय विवेश्वर प्रसाद कोइरालाको संग्राहलय र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको जन्मघरको संरक्षण गर्न सरकारको ध्यानाकर्षण गराएका छन्।

राष्ट्रियसभाको बुधबार बसेको बैठकमा विशेष समयमा बोल्दै शर्माले सुन्दरीजलस्थित विश्वेश्वर कोइरालाको संग्रहालय अव्यवस्थिगत र संग्रहविहिन रहेको  तथा पुष्पलालको रामेछापको भँगेरीस्थित  जन्मघर संरक्षणविहिन भएको भन्दै त्यस तर्फ सरकारको ध्यानाकर्षण गराएका हुन्।

उनले पुष्पलाल र शहिद गंगालाको कुँदेको चित्र भुँईमा नै राखिएको अवस्थामा रहेको भन्दै तत्काल निवास मर्मत गरि संग्राहलयको रुपमा व्यवस्थित गर्न माग गरे।

उनले राजधानीको कीर्तिपुरस्थित पुष्पलाल प्रतिष्ठानका लागि सरकारले २ बर्ष अघि नै ५० रोपनी जग्गा अधिग्रहण गरि रोक्का गरिराखेको तथा अहिलेसम्म जग्गा रोक्का गरेका भुकम्प प्रभावितले मुआब्जा नपाएको तर्फ पनि सरकारको ध्यानाकर्षण गराए।

मुआब्जाको समस्या सम्बोधन नभएकाले उद्यान बनाउनका लागि नगरपालिकाले छुट्याएको ३० लाख रुपैया पनि खर्च नहुने अवस्था श्रृजना भएको भन्दै उनले तत्काल समस्या सम्बोधन गर्न माग गरे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?