बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ

Shikharkhabar Shikharkhabar
|
मंगलबार, चैत्र १३, २०७४
|
|
२१ पटक हेरिएको
Shares
बालिकालाई गोबर खुवाएको आरोपमा महिला पक्राउ

सारांश

  • नेपालगन्ज, १३ चैत ।
  • पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ६ वर्षीया बालिकालाई राँगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् ।
  • कोहलपुर नगरपालिका– ४ की गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ ।

नेपालगन्ज, १३ चैत । पानी तान्ने मोटर बिगारेको आरोप लगाउँदै ६ वर्षीया बालिकालाई राँगाको गोबर खुवाएको आरोपमा एक महिला पक्राउ परेकी छन् । कोहलपुर नगरपालिका– ४ की गीता परियारले ६ वर्षीया सरिता बुढालाई गोबर खुवाएको आरोप छ ।

गोबर खुवाएको आरोप लागेकी परियारलाई कोहलपुर इलाका प्रहरीले पक्राउ गरेको हो । प्रहरी नायब उपरीक्षक यज्ञप्रसाद भट्टराईका अनुसार परियारमाथि मुद्दा चलाइएको छ । घरको आँगनमा खेलिरहेकी सरिताले मोटर बिगारेको आक्रोशमा परियारले गोबर खुवाएर दुव्र्यवहार गरेको प्रहरीले जनाएको छ ।
बालिका सरिता सोमबार साँझ गीताको आँगनमा खेलिरहेकी थिइन् । पानी तान्ने मोटर नचलेपछि गीताले बालिकामाथि मोटर बिगारेको आरोप लगाएकी थिइन् । आरोप मात्रै होइन त्यही रिसमा बालिकालाई गोबर खुवाएको आरोप समेत लागेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?