पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

Shikharkhabar Shikharkhabar
|
शुक्रबार, श्रावण ९, २०७७
|
|
५१ पटक हेरिएको
Shares
पहिरो पन्छाएपछि नारायणगढ–मुग्लिन सडकखण्ड एकतर्फी सञ्चालन

सारांश

  • नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ ।
  • इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो ।
  • सो पहिरो पन्छाएर बिहान ९ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

नारायणगढ–मुग्लिन सडक खण्डमा खसेको पहिरो पन्छाएर एकतर्फी सडक सञ्चालनमा ल्याइएको छ । इच्छाकामना गाउँपालिका–६ स्थित चारकिलोमा आज बिहान ४ः२० बजे पहिरो खसेको थियो । सो पहिरो पन्छाएर बिहान ९ः१० बजेदेखि सडक सञ्चालनमा आएको हो ।

जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार सोही स्थानमा बिहीबार राति ८ः४५ बजे पनि पहिरो खसेको थियो । राति खसेको पहिरो पन्छाएर एकतर्फी सवारी सञ्चालन भएको केही समयमै फेरि पहिरो खसेर सडक अवरुद्ध भएको थियो । सडक एकतर्फी सञ्चालनमा आएसँगै रोकिएका सवारी साधनहरु गन्तव्यतर्फ लागेका छन् ।

पालुङ–नौबिसे खण्ड खुल्यो

टिस्टुङ स् सडकमा खसेको पहिरो हटाएपछि गएरातिदेखि अवरुद्ध त्रिभुवन राजपथको पालुङ–नौबिसे खण्ड पुनःसञ्चालनमा आएको छ । गएराति २ बजेतिर सातघुम्तीमा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध भएको थियो ।

एकतर्फी गाडी सञ्चालन हुने गरी पहिरो पन्छाएको प्रहरीले जनाएको छ । “अहिले चार पाङ्ग्रे गाडी चल्न दिएका छौँ, यातायात सञ्चालन भइसक्यो”, इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक रुकबहादुर खड्काले भने । बाढीपहिरोका कारण अन्य राजमार्ग बन्द हुँदा हजारौँं सवारी साधन यही सडक भएर सञ्चालन भइरहेका छन् ।रासस

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रुकुमघरमा आगलागीबाट क्षति
टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
टुटल र पठाओ बन्द नगरे ट्याक्सी सेवा बन्द गरी आन्दोलन गर्ने चेतावनी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
फिलिपिन्समा ७.४ म्याग्निच्युडको शक्तिशाली भूकम्प, सुनामीको चेतावनी जारी
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
‘करः समृद्ध नेपाल, सुखी नेपालीको भर’
एक सयभन्दा बढी आईएस लडाकु मारिए
एक सयभन्दा बढी आईएस लडाकु मारिए
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
विप्लव समूहका जिल्ला सचिव सुनारद्वारा आत्मसमर्पण
यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
यौन हिंसामा परेकी युवतीलाई गाउँ फर्किन समस्या
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
प्रचण्डलाई बाबुरामको कडा दनक : आत्महत्या नै गर्नु छ भने आफैं गर्नुस्, मलाई नबोलाउनुस् !
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
कुलमानको चेनावनीपछि चिनिया कम्पनीले ढल्केबरमा सबस्टेसन निर्माणको काम सुचारु गर्यो
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’
भारतमा सङ्क्रमितको सङ्ख्यामा थप वृद्धि, सीमावर्ती बिहारमा ‘पहिलो मृत्यु’