दोलखामा गोली चलाइँदा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु !
सारांश
- चरिकोट (दोलखा), ३१ वैशाख ।
- दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
- उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ ।
चरिकोट (दोलखा), ३१ वैशाख । दोलखाको मेलुङ गाउँपालिकामा नेपाली काँग्रेस र नेकपा (एमाले)का कार्यकर्ताबीच आज अपराह्न झडप भएपछि स्थितिलाई नियन्त्रणमा लिन प्रहरीले बाध्य भई गोली चलाउँदा एक जनाको मृत्यु भएको छ ।
उक्त घटनामा काँग्रेस कार्यकर्ता नकुल भुजेलको मृत्यु भएको बुझिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी यज्ञराज भट्टका अनुसार मेलुङ गाउँपालिकाको पवटी मतदान केन्द्रमा उक्त घटना भएको हो । झडपमा केही व्यक्ति घाइते भएका छन् ।
कुल कमेन्ट:
0
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया