एमाले–माओवादी मिलेपछि यस्तो बन्ने भयो पार्टी संरचना

Shikharkhabar Shikharkhabar
|
बुधबार, चैत्र १४, २०७४
|
|
२४ पटक हेरिएको
Shares
एमाले–माओवादी मिलेपछि यस्तो बन्ने भयो पार्टी संरचना

सारांश

  •                                     जनयुद्ध र सूर्यमा मिल्न बाँकी, २९९ सय सदस्यीय केन्द्रीय कमिटि   काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीका लागि गठित अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले आफ्नो काम सकेको छ ।
  • माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल नेतृत्वको कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिइसकेको जनाउँदै अब दुई अध्यक्षलाई बुझाउने तयारीमा गरेको हो ।
  • जनयुद्ध र सूर्य बाँकी एमाले नेता तथा मस्यौदा समितिका सदस्य बेदुराम भुसालले चुनाव चिन्ह र जनयुद्ध शब्द मात्रै टुंगिन बाँकी रहेको उल्लेख गरे ।

                                    जनयुद्ध र सूर्यमा मिल्न बाँकी, २९९ सय सदस्यीय केन्द्रीय कमिटि

 

काठमाडौँ: नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि बन्ने नयाँ पार्टीका लागि गठित अन्तरिम विधान तथा संगठनात्मक ढाँचा निर्माण कार्यदलले आफ्नो काम सकेको छ ।

माओवादी केन्द्रका नेता रामबहादुर थापा बादल नेतृत्वको कार्यदलको सिंहदरबारमा बसेको बैठकले प्रतिवेदनलाई अन्तिम रुप दिइसकेको जनाउँदै अब दुई अध्यक्षलाई बुझाउने तयारीमा गरेको हो ।

जनयुद्ध र सूर्य बाँकी

एमाले नेता तथा मस्यौदा समितिका सदस्य बेदुराम भुसालले चुनाव चिन्ह र जनयुद्ध शब्द मात्रै टुंगिन बाँकी रहेको उल्लेख गरे । ‘हामीले सबै कुरा टुंग्याएका छौँ, जनयुद्ध र चुनाव चिन्ह टुंगिन बाँकी रहेको छ’, भुसालले भने, ‘माओवादीबाट सूर्यको भित्र हँसिया हथौडा राख्नुपर्ने प्रस्ताव आएको छ । जनयुद्ध शब्दलाई दुई अध्यक्षले टुंग्याउनुहुन्छ ।’

माओवादीले सूर्यभित्र हँसिया हथौडा राख्न गरेको प्रस्तावलाई एमालेले भने अस्वीकार गरेको थियो । भुसालका अनुसार अन्य सबै विषयमा सहमति भइसकेको छ ।

केन्द्रीय कमिटि २९९ सदस्यीय

मस्यौदा समितिले नयाँ पार्टीको केन्द्रीय कमिटि २९९ सदस्यीय राख्ने कुरामा सहमति जुनाएको छ । जस अनुसार पोलिटब्युरो सदस्य करिब ९० देखि १०० जनाको बीचमा रहने भएका छन् ।

स्थायी समितिमा ३५ जनासम्म रहने सहमति जुटेको छ । पदाधिकारी भने दुई अध्यक्ष मात्रै रहने भएका छन् । त्यसैगरी नयाँ पार्टीको जिल्ला कमिटि पनि ७५ देखि १२५ जनासम्म राख्ने गरी कार्यदलले टुंग्याएको छ ।

नौवटा तह

मस्यौदा समितिले नयाँ पार्टीका नौवटा संरचना रहने कुरामा सहमति जुटाएको छ । जसअनुसार नयाँ पार्टीमा केन्द्रीय निकाय (स्थायी, पोलिटब्यूरो, केन्द्रीय सदस्य), राष्ट्रिय प्रतिनिधि परिषद्, प्रदेश कमिटि, प्रतिनिधिसभा निर्वाचन क्षेत्र कमिटि, प्रदेशसभा कमिटि, जिल्ला कमिटि, नगर–गाउँ कमिटि, वडा कमिटि र प्राराम्भिक (टोलटोल) कमिटि) हुनेछन् ।

यी कमिटिमध्ये कार्यकारीकारुपमा केन्द्र, प्रदेश, जिल्ला, गाउँ–नगर र वडा कार्यकारी हैसियतमा रहने भएका छन् ।

प्रतिक्रिया

1 कमेन्ट

    Comment Author

    JN Marasini

    बाम एकता टुटाउन काङ्ग्रेस ले रेयाल काडेर बसेको छ । प्रचण्ड को बोली को ठेगान छैन । उनलाई पार्टी अध्यक्ष बनायर अगि बढ ओलि बा ?????????

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 1
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

तपाईंले छुटाउनुभयो कि?